२०८१ असार १४, शुक्रबार

असर १५ गतेकाे राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड चितवन आइपुग्नुभएकाे छ ।

सरकारले यस वर्षकाे राष्ट्रिय धान दिवस चितवनमा मनाउने निर्णय गरेकाे छ । रत्ननगर नगरपालिका ६ स्थित बछाैलीकाे बछुली बहुउद्देश्यीय कृषक समुहकाे खेतमा मेसिन द्वारा खेत राेपाईँ गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना, कार्यन्वयन इकाई चितवनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकाे हाे ।

परियाेजनाका वरिष्ठ अधिकृत महेश  रेग्मीका अनुसार भाेलि प्रधानमन्त्री दाहालले मेशिनले धान राेपेर कार्यक्रमकाे उद्घाटन हुनेछ ।

चितवन धान खेतीकाे जाेन क्षेत्र हाे । यस वर्षका लागि ` जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि ´ भन्ने नाराका तय गरिएकाे छ । विहान ७ बजे नै बछ्याैलीमा कार्यक्रम तय भएकाे छ भने बिहान ९ बजे भरतपुर अन्नपूर्ण

चितवन धान खेतीको लागि अग्रणी जिल्ला हो । सरकारले चितवनलाई आर्थिक वर्ष २०७६/०७७ देखि धान जोनको स्थापना गरेको थियो । त्यसपछि यहाँ धानको उत्पादकत्व समेत बृद्धि हुँदे गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वन एकाइ चितवनका प्रमुख रेग्मीले जानकारी दिए । ‘हामीले जोन कार्यक्रम लागु गर्ने समयमा प्रतिहेक्टर ४ दशमलव २२ मेट्रिकटन धान उत्पादन हुँदै आएको थियो । अहिले कार्यालयको सर्वेक्षण गर्दा चैते धान प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ’-उनले भने ।

बढ्दो सिँचित क्षेत्रफल, आधुनिक प्रविधिहरुको उपयोग, उन्नत जातहरुको प्रयोग एवं रोग किराको प्रकोपमा कमी आएका कारण धान उत्पादनमा बृद्धि भएको उनले बताए । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0