२०८१ असर १३, बुधबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बाेर्डले लिएकाे एसईई परिक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । कुल ४ लाख ४४ हजार ७ सय ८५ विद्यार्थी परिक्षामा सामेल भएकाेमा आधा विद्यार्थी पनि परिक्षामा पास हुनसकेनन् ।

याे वर्ष जम्मा १ सय ८६ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । जम्मा ४७.८६ प्रतिशतले मात्रै एसईई उत्तीर्ण गरेका छन् भने ५२.१४ प्रतिशत विद्यार्थीले भने ननग्रेड ल्याएका छन् । यी विद्यार्थीले फेरि पास नभएसम्म ११ कक्षा पढ्न पाउने छैनन् ।

याे वर्ष परिक्षामा सम्मिलित मध्येका मध्य २ सय २१ जना विद्यार्थीकाे परीक्षा रद्द भएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0