Exif_JPEG_420

२०८१ असार ११,मँगलबार

कृष्ण खनाल

चितवन । हरि सरले पुण्य कमाउनुभयाे भन्नुहुन्छ शिद्धिका भरत चेपाङ ।

पुण्य कमाउन कुनै देश प्रदेश , धाम र नाममा भाैतारिन नपर्दाेरहेनछ भन्नुहुन्छ भरत ।

दिनदिनै हारगुहार, राेईकराई गर्दै शिद्धि स्थित चेपाङ छात्राबासमा आश्रति एक सय बढी बालबालिकालाई दुई छाक गुजारेका बालबालिकाका लागि दीर्घकालीनसम्म नियमित श्राेत हुने गरि एक हजार पचास ड्रागनका बिरुवा नि:शुल्क दिनुमात्रै भएन आफैँ छात्रावास परिसरमै गएर बिरुवा लगाउने कामले हरि सरले पुण्य कमाउनुभएकाे छात्रावासका सञ्चालक भरत चेपाङ बताउनुहुन्छ ।

` हरि सरले बिक्रीका लागि ६ महिना पहिल्यै नर्सरी गर्नुभएका मध्य एक हजार पचासबटा ड्रागनका बिरुवा चेपाङ छात्रावास परिसरमा रहेकाे जमिनमा राेप्नका लागि नि: शुल्क दिनुभयाे । सर आफैँ छात्रावासमा आउनुभयाे एक दिनभर हामी र विद्यार्थीलाई ड्रागन लगाउने , यसकाे हेरचाह गर्ने तरिका सिकाउनुभयाे ।

दिनदिनै मागेर पेटपाल्ने बालबच्चालाई अबकाे २ वर्षपछि ड्रागन फलाएर फल बेचेर भात खानपुग्ने आइडिया समेत सिकाउनुभयाे , हरि सरले र ठुलाे पुण्य कमाएकाे भरत चेपाङको ठहर छ ।

आत्मै देखि हरि सरले गर्नुभएकाे सहयाेग र देखाउनुभएकाे बाटाेकाे लागि लाख नमन गर्दछु भरत चेपाङले भन्नुभयाे ।

आजसम्म हामीलाई हजार हातहरुले माछा दिनुभयाे , आज पकायाे खायाे सिद्धियाे । भाेली फेरि रित्तै । तर हरि सरले त हामीलाई माछा नभएर बल्छि पाे दिनुभएकाे रहेछ । हामी यहि ड्रागनका बिरुवा रुपका बल्छिबाट एक, दुई बर्षपछि सिजनका दिनहरुमा दिनदिनै फलरुपी माछा फलाईरहने छाैँ र यी गरिवीमा फसेका चेपाङ बालबालिकाहरुका भविष्यकाे मार्गचित्र काेर्ने छाैँ ´ भरत चेपाङले भन्नुभयाे ।

(हरि सरबाट नि: शुल्क प्राप्त ड्रागनका बिरुवा सँकलन गरिदैँ)

जिन्दगीका ४४ बर्ष शिक्षण पेशा कर्मबाट निवृत्त हुनुभएका साविक पिठुवा , हाल रत्ननगर १४ मा अधिकारी मल्टी एग्राे फर्म सञ्चालन गर्दै आउनुभएका हरि सर / हरिप्रसाद अधिकारी काे बागवानी फर्ममा करिव ५ बिगाहा क्षेत्रफल ड्रागन , करिव २ बिगाहामा कागती खेती गर्नुभएकाे छ।

भरत सरले दिनदिनै सञ्जाल मार्फत चेपाङ बालबालिका भाेकले मर्ने अवस्थामा पुगे लाैन भनेर हारगुहार गरेकाे सँधै हेर्ने र सुन्ने गर्दथेँ । भरत चेपाङको चेपाङ बालबालिका प्रतिकाे निस्वार्थ निष्ठा देखेर म प्रभावित थिएँ । साेचेँ भरत जीले कतिदिन र कहिलेसम्म हारगुहार गरेकै भरमा छात्रावासका चेपाङ नानीहरूकाे पेट भर्ने ? कमसेकम केही सिड मनी जस्तै टाेकन श्राेतकाे रुपमा हजार जति ड्रागनकाे बिरुवा हुर्काउने वातावरण सृजना गर्नपाए अबकाे २ बर्षपछि छात्रबासका बालबालिकाहरुकै मिहिनेतबाटै ड्रागन फलाएर साे बिक्रीबाट खर्च कटाएर कम्तिमा ८- १० लाख बचाउन सक्नेछन् । यहिसाेचेँ हिसाब निकालेँ र भरत सरलाई फाेन गरेँ र भने भरत सर तपाईंकाे छात्रावास वरिपरि ड्रागन लगाउने , म नि: शुल्क विरुद्ध दिन्छु र प्रविधि र प्राविधिक ज्ञान समेत दिन्छु भनेर फाेन गरेँ ।´- हरि सर भन्नुहुन्छ ।

नभन्दै २ जना विद्यार्थी र ढुवानी साधन लिएर सर आउनुभयाे । मैले फिल्डमै गएर प्राविधिक ज्ञान , लगाउने कला र सँरक्षणका तरिका समेत विद्यार्थीलाई सिकाएकाे छु – ड्रागन खेती अनुभवबाट विशेषज्ञता हासिल गर्नुभएका ` हरि सर´ले भन्नुभयाे ।

अहिले हरि सरकाे सहयाेगमा सिद्धि चेपाङ छात्राबास वरिपरि ड्रागनका विरुवाहरु राेपिएका छन् । व्यवस्थित गर्ने रकम नभएपछि अस्थायी टेकाेमा विरुवाहरु अढाईएका छन् ।

तत्काललाई छाक टार्ने विषय प्रधान भएपनि दीर्घकालीन श्राेतका लागि याे पहलले कस्ताे परिणाम दिन्छ हेर्नभने दुई बर्ष कुर्नुपर्ने छ ।

अहिले पनि शिद्धिमा आश्रति यी चेपाङ बालबालिकाहरुका लागि दैनिक दुईछाक टार्न मुस्किल रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0