२०८१ असार ८, शनिबार

चितवन । हालै बजारमा चर्चामा रहेकाे लाेकगीत `बसे है पालेदाइ´ भन्ने गीत सुनेपछि आफुलाई निकै भावुक बनाएकाे शिक्षक तथा लेखक स्रष्टा विपिन पाठकले बताउनुभयो ।

श्रीखबर अनलाइन सञ्चारसँग कुराकानीमा भन्नुभयाे ` हरेक विषयकाे सिमा हुन्छ , सिमा भित्र बसेका सबैकाे मर्यादा हुन्छ । मर्यादाकाे ख्याल नगर्ने कसैलाई पनि समाजले मर्यादित स्थान दिईरहेकाे इतिहास छैन । याे स्तरकाे श्रृजना गर्ने सर्जकलाई पनि समाजले मर्यादा गरिरहन्छन् भन्ने म ठान्दिन ।´

`विद्यालयलाई कसरी मर्यादित बनाउने भन्ने आम नागरिककाे जिम्मेवारी हाे । पानी पँधेराे , घाँस दाउरा , मेलापात लगाएतका  कर्म क्षेत्र र विद्यालय क्षेत्रलाई एउटै नजरले बुझ् सर्जककाे विवेक नपुगेकाेमा मलाई दु: ख लागेकाे छ।  आम नागरिकले याे विषयलाई रँगेली बुझाईमा फस्नुहुँदैन भन्ने म ठान्दछु ´- पाठकले भन्नुभयाे ।

दुई- तीनपटक हेरेँ , सुने । याे विद्यालय र सम्बन्धित सबैका लागि अपमान र समाजलाई हेर्ने सारै हल्का र उत्ताउलाे प्रयास हाे भन्ने ठानेपछि बद्री पँगेनी दाइलाई फाेन गरेँ । याे स्तरकाे प्रयाेगकाे तत्काल विमति जाहेर गर्दै विराेध जनाएकाे समेत शिक्षक पाठकले बताउनुभयो ।

भरतपुर स्थित विश्वप्रकाश मा. वि. अर्विट कलेज, सिटिई भिटि लगाएत थुप्रे शैक्षिक सँस्थामा नेपाली विषय अध्यापन गराउनुहुने शिक्षक पाठक ` सञ्जीवनी लाेक सेवा केन्द्र सञ्चालनसँग सम्बन्धित व्यक्तित्व समेत हुनुहुन्छ ।

गीतमा राखिएकाे शिक्षकमाथिका अपमानित टुक्का,विद्यालय भित्र शिक्षक विद्यार्थी बीचकाे अमर्यादित रअनादरयुक्त शव्दकाे म खुलेर आलाेचना गर्दछु भन्दै मायाँ र प्रेमका गानाबजाना क्षेत्र अरु स्थान छानिनुपर्नेमा गीतलाई गलत ठाउँमा प्रयाेग गरिएको छ भन्नुहुन्छ शिक्षक विपिन पाठक ।

हिजाेका कुन गीतमा के थियाे भन्दापनि याे वेठिक नै हाे । विद्यालय मायाँप्रेमका लागि नभएर ज्ञान र सीप , मर्यादा र सँस्कार सिक्ने पवित्र स्थलकाे रुपमा ग्रहण गर्नुपर्ने पाठककाे धारणा रहेकाे छ

चर्चित लाेकगायक समेतले  गाएकाे साे गीतकाे शब्द बालकृष्ण श्रेष्ठको हाे भने स्व.जयनन्दन लामाले सँगित भर्नुभएकाे थियाे । गीतले प्रेमीका भेट्न स्कुल आउनुपर्ने हुनाले पालेदाइलाई गेट नलगाउन भनिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
7
+1
0
+1
0
+1
0