२०८० असार ७, शुक्रबार
कालिका।न्यायिक समितिका काम कार्वाहीमा प्रभावकारीता ल्याउने उद्देश्यले नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिकाे सहभागीतामा कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ ।
मुनाल एण्ड मयूर रिसोर्टमा सम्पन्न प्रशिक्षण कार्यक्रमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले विकास निर्माणको कामसँगै न्याय सम्पादन गर्ने महत्वपूर्ण जिम्मेवारी समेत स्थानीय तहमै रहेकाले स्थानीय सरकार ऐनले दिएको अधिकार अनुसार उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समिति र प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा रहेको मेलमिलाप समितिलाई प्रभावकारी बनाउन बनाउनु पर्नेमा जाेड दिदै नागरिकले सुशासनको अनुभुती गर्न पाउने बाताबरण सृजना हुनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले न्यायिक सम्पादनको जिम्मेवारीलाई थप प्रभावकारी कसरी बनाउने, नागरिकले वडा स्तरमै न्याय पाएको अनुभुती कसरी दिलाउने भन्ने बारे न्यायिक समिति अन्तर्गत मेलमिलाप समितिका सदस्यहरुलाई प्रशिक्षण आयोजना गरिएको जानकारी दिनुभयो ।
प्रभावकारी न्यायिक सम्पादनले मात्रै `सम्बृद्ध कालिका र सुखीकालिकाबासी´ भन्ने नारालाई सार्थक बनाउन हुने हुनाले यसकाे महत्वपवूर्ण भूमिका हुने भएकाेले यस्ता क्षेमता बढाउने प्रशिक्षण आवस्यक रहने मेयर रेग्मीले बताउनुभयाे । अफ्ठयाराहरु अनुभवहरु साट्दै न्याय सम्पादन सम्बन्धी थप ज्ञान हासिल गर्न तालिमले महत्वपूर्ण भूमिका खैल्नेप्रमुख रेग्मीले बताउनुभयो ।
न्यायिक समिति संयोजक समेत रहनुभएकी उप- प्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु, मेलमिलाप समितिका सदस्यहरु सहभागि छन् ।
सहभागिहरुलाई चितवन जिल्ला अदालतका न्यायधिश रमेश प्रसाद ज्ञवाली, दिवाकर भट्टले न्याय सम्पादन, मेलमिलापकर्ताहरुको भूमिका, अधिकार र दायित्वबारे प्रशिक्षण दिइरहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1