२०८१ असार ७, शुक्रबार

समीक्षा खनाल, गण्डकी व्यूराे

पाेखरा। पाेखरा महानगरपालिका -४ गैह्रपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी सँस्थाकाे रकम अपचलनकाे आराेपमा तीन जनालाई प्रहरीले पक्रेकाे छ ।

पक्राउ पर्नेमा पर्वत माेदी गाउँपालिका -१ की धनकुमारी गुरुङ , साेही स्थानका सीताकुमारी गुरुङ र पाेखरा-३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की रहेका छन् । रकम हिनामिना पछि उनीहरु केही समय अघिबाटै फरार थिए ।

प्राइम सहकारीकाे मुद्दाका विषयमा थुनछेक बहसमा उनीहरु अदालतमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0