रामलाल कुमाल/ प्रकाशबाबु खनाल

२०८१ असार ६ , बिहीबार

चितवन। कालिका नगरपालिकाले दाेश्राे कार्यकालका लागि पाँचौं नगर सभा मार्फत आर्थिक वर्ष २०८१-८२ का लागि ८७ कराेड ७८ लाख ८१ हजारकाे बजेट प्रस्ताव गरेकाे छ ।

असार ५ गतेकाे नगर सभामा नगर प्रमुख विनाेद रेग्मीले आगामी वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत तथा उप प्रमुख विमला तामाङले बजेट प्रस्तुत गर्नुभएको थियाे ।

कुल बजेटमा आन्तरिक आय तर्फ ६ करोड, राजश्व बाँडफाँडबाट १८ करोड २४ लाख ३१ हजार, जनसहभागिताबाट १ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार तर्फबाट ४५ करोड १५ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकार तर्फबाट ७ करोड ३९ लाख ५० हजार, सडक वोर्डबाट ५० लाख, जिल्ला समन्वय समितिबाट ५० लाख, मालपोत रजिष्ट्रेशन र नदिजन्यवाट ६ करोड र गत वर्षको जिम्मेवारी सर्ने ३ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ ।

चेपाङ समुदायको बाक्लाे बस्ती रहेकाे साे नगरपालिकामा आगामी बर्षमा चेपाङ बालबालिकाकाे शैक्षिक पहुँच विस्तार गराउने उद्देश्यले ° मेयरसँग केयर ´ कार्यक्रम , वडैपिच्छे खेलमैदानका साथै विपन्न समुदायलाई नि: शुल्क बीमा कार्यक्रम सञ्चालन गरिने याेजनामा उल्लेख्य छ ।

यसैगरी प्रविधिकाे विकासलाई जाेड दिदै कार्यालय देखि खेतबारीसम्म प्रविधिकाे प्रयाेग मा जाेडदिईने छ भने ` मेयर केयर ´ कार्यक्रम मार्फत छात्रवृत्ति , शैक्षिक सामाग्री , विद्यालय खाजाका साथै किताब विहिन सिकाइ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ

२०८३ सालसम्ममा कालिका नगरपालिकालाई बालमैत्री नगर घाेषणा गरिनुका साथै `उपमेयरसँग बालबालिका´ कार्यक्रम सार्वजनिक गरिएकाे छ। नगरपालिकाले २ सय ५०.जनालाई राेजगारी उपलव्ध गराउनुका साथै कृषि ,पशुपालन ,रैथाने बाली सँरक्षण,खाध्य शुरक्षाका साथै पर्यटन विकास मार्फत आएआर्जन र चेपाङ बस्तीमा फलफुल खेतीलाई जाेडदिने याेजनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0