२०८१ असार ६,बिहिबार

चितवन। ब्रम्हकुमारी राजयाेग सेवा केन्द्र कुनै धार्मिक सँस्था नभएर एक आध्यात्मिक चिन्तनकाे थलाे भएकाे नारायणगढ सेवा केन्द्र प्रमुख लक्ष्मी दिदीले बताउनुभएकाे छ ।

ब्रम्हकुमारी राजयाेग सेवाकेन्द्र नारायणगढमा सम्पन`स्वास्थ तथा खुशी समाजका लागि आध्यात्मिक सशक्तीकरण-मीडियाकाे भूमिका ´ मिडिया सेमिनारमा साे बताउनुभएको हाे ।

कुनै समय हामीजस्ता सेता कपडा लगाएका मान्छे देख्दा अपसगुन मान्ने विश्व समाजका सामुन्ने आज विश्वका एक सय ४० मुलुकका लाखौं केन्द्रहरु अरवाैँ मानिसहरुकाे आध्यात्मिक महाविश्वविध्यालयकाे रुपमा देख्दा आफुलाई गाैरव लागेकाे बताउँदै लक्ष्मी जीले भन्नुभयाे ` मिडिया हाउस र पत्रकारहरु नै सत्यकाे प्रशारण गर्ने सम्वाहक हुन् ´।

साे अवसरमा सेवाकेन्द्रकी क्षेत्रीय प्रमुख समेत रहनुभएकाे लक्ष्मीजीका अनुसार साे अन्तर्राष्ट्रिय स्तरकाे सँस्था धार्मिक नभएर भाइचारा वृद्धि ,बन्धुत्व कायम गर्दै आध्यात्मिक ता प्रवाह गर्ने सँस्था हाे ।

नेपाल पत्रकार महासँघका केन्द्रीय सचिव सृजना अर्यालकाे प्रमुख आतिथ्यताम सम्पन्न सेमिनारमा पत्रकार महासँघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा,मिडिया नेशनल काेओडिनेटर सान्तनु भाइजी,ब्रमकुमार , ब्रमकुमारीहरु सरला जी , नवराज जी का साथै श्रीमत एक्सप्रेस भारतका सम्पादक डा. दिनदयाल मित्तल तथा चितवनका कृयाशील पत्रकारकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

साे अवसरमा सँस्थाले ४ दसक भन्दालामाे समय पत्रकारिता पेशामा रहि साे अवसरमा सँस्थाले ४ दसक भन्दालामाे समय पत्रकारिता पेशामा रहिदेश र दुनियाँलाई सकरात्मक साेच सम्प्रेषणकाे उच्च मुल्याङ्गक गर्दै अग्रज पत्रकार गणशेखर शर्मालाई सम्मान गरिएको थियाे ।

जिन्दगीमा जति नै दाैडधुप र सम्पत्ति का लागि दाैडादाैड गरेपनि , जति नै धेरै सम्पत्तिकाेे मालिक बने पनि जिन्दगीले शान्ति खाेज्दछ र शान्ति आध्यात्मिकतामा मात्रै भएकाेले दुनियाँलाई सहि सन्देश प्रवाह हुनु आवस्यक रहेकाे वक्ताहरुले बताउनुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0