२०८१ असार ५ बुधबार

आशिष आचार्य, काठमाडौं भक्तजनहरुले चढाएका पशुपतिनाथकाे भेटी चाेरीकाे विषयमा प्रतिवादीका पक्षबाट आज थुनछेककाे बहस हुने भएकाे छ ।

हिजै सरकारी पक्षबाट बहस सकिएकाे अदालतका सूचना अधिकारी मेलिन बास्काेटाले बताए । पशुपति विकासकाेकै ना. सु. नवराज ढाेडारी , मन्दिरका ब्राह्मण नवराज घिमिरे सहित कुमार दमाई ,अनिल परियार,सञ्जय कपाली,सत्यनारायण जाेशी माथि भेटी चाेरीकाे अभियाेग छ ।

यी ६ जना बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २ कराेड ३० लाख १० हजारकाे बिगाे सहित मुद्दा दाएर गरेकाे छ । विगत६ महिना देखि भेटी चाेरी गरेकाे प्रतिवादीले स्वीकारेका छन् ।

आजै उनीहरुलाई थुनामा पठाउने वा धराैटीमा छाड्ने आदेश हुने अदालत श्राेतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0