२०८१ असार ४, मँगलबार

चितवन।ग्रेस इन्टरनेशनल चितवनले भाेलि बुधबार युके,युएसए `एडमिन डे´ काे आयाेजना गरेकाे छ ।

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने बिद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको ग्रेसले नारायणगढको शहिदचोकस्थित आफ्नो कार्यालयमा आयोजना गरिएको एडमिसन डे मा युके, युएसएका दश बढि कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

साे कार्यक्रममा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंग बिद्यार्थी तथा अभिभाबकले प्रत्येक्ष रुपमा संबाद गर्न पाउने ग्रेस इन्टरनेशनलका क्षत्रिय निर्देशक गणेश लामिछानेले बताउनुभयो । ‘अध्ययन गर्न चाहेको बिषय र लाग्ने शुल्कका बारेमा बिद्यार्थीले प्रत्येक्ष जानकारी प्राप्त गर्नेछन,लामिछानेले भन्नुभयो,पछिल्लो समय भइरहेको अभ्यास र सम्भावनाका बिषयमा समेत जानकारी प्राप्त गर्न सकिनेछ ।’

ग्रेस इन्टरनेशनलको शहिदचोक कार्यालयमा बिहान १० बजेदेखि ३ बजेसम्म एडमिसन डे सञ्चालन हुनेछ । युएसएमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि जनवरी इन्टेक र युकेमा अध्ययन गर्न चाहाने बिद्यार्थीलाई सेक्टेम्बर इन्टेक लक्षित गरेर एडमिसन डे आयोजना गरिएको लामिछानेले बताउनुभयो । उहाँले सहभागि विद्यार्थीलाई आकर्षक गिफ्ट समेत व्यबस्था गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0