२०८१असार १ शनिबार

प्रकाशबाबु खनाल

हेटौँडा । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बागमती प्रदेशलनई प्लास्टिकरहित बनाउने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेशलाई प्लास्टिकरहित बनाउने घोषणा गरेका हुन् ।

यसको लागि एक करोड ६१ लाख रूपैयाँ विनियोजन गरेको उनको भनाइ छ । मन्त्री थपलियाले आगामी आर्थिक वर्षको बजेट भाषणमा वातावरणमैत्री निर्माणका लागि प्रदेश सरकारले काम गर्ने बताए ।

प्रदेशलाई वातावरणमैत्री बनाउने र प्लास्टिकको प्रयोग रोक्न डेढ करोड रूपैयाँभन्दा बढी रकम विनियोजन गरेको उनको भनाइ छ । यसका लागि वातावरण सम्मेलनदेखि, प्रमुख सहरका राजमार्ग र सडकछेउछाउमा वृक्षरोपणलगायतका योजना अघि सारेको छ ।

उच्च तापक्रम तथा जलवायु परिवर्तनका कारण तराईका खानेपानी मुहान सुक्ने जोखिम रोक्न चितवनका विभिन्न स्थानमा जलाधार संरक्षण गर्न आवश्यक रकम विनियोजन भएको मन्त्री थपलियाले बताए । उनले वन तथा वातावरण मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड विनियोजन गरेका छन्।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड चार लाख रूपैयाँको बजेट ल्याएको हो ।

चालुतर्फ २६ अर्ब १० करोड १६ लाख रूपैयाँ, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रूपैयाँ र वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेका छन् ।

प्रदेश सरकारले कुल विनियोजनको चालुतर्फ ४०.४४ प्रतिशत, पुँजीगततर्फ ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २.३२ प्रतिशत बजेट छुट्ट्याएको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोलाख रूपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड रूपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रूपैयाँ, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचततमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रूपैयाँ अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0