२०८१ असार १, शनिबार

रक्षा खनाल,चितवन

जेसुकै नामले चिनिएपनि विष भनेकाे विषै हाे । शरीरकाे सम्पर्कमा आउनासाथ यसले मानिसलाई असर गर्छ, गर्छ ।

मानिसलाई मात्र नभै यसले पशुपछीँ र रुख विरुवालनई समेत असर गर्छ । असर कतिगर्छ र त्यसकाे लक्ष्यण कस्ताे देखिन्छ – विषकाे प्रकृति , मात्रामा भर पर्दछ ।

विष भनेकाे आगाे जस्तै हाे । आगाेकाे असरपनि कत्राे ताताेले डाम्याे वा पाेल्याे र शरीरको कुन भागमा पाेल्याे त्यसमा निर्भर गर्दछ । विषले पनि शरीरका बाहिर छालामा परेर असर पार्याे कि शरीर भित्रै छिरेर असरगर्याे भन्ने मुख्य विषय हाे ।

शरीरमा विष पसे पछि वा विषहालेकाे खानेकुरा वा फलफुल तरकारी खाएपछि शरीरलाई नाेक्सान नगर्ने भन्ने हुँदैहुँदैन । फरक यत्ति हाे बिष भन्दा मान्छेकाे तागत धेरै छ कि थाेरै छ फरक यसैले पार्ने हाे ।

हामीले जुनसुकै माध्यमबाट भएपनि दैनिक रुपमा विषादी खाईरहेका छाैँ । शरीरले पचाउँदासम्म वा शरीरका तन्तु, काेषिकाहरुले आफू बाँच्न गरेकाे सँघर्षकाे बिधिका माध्यमले बिषलाई शरीरबाट बाहिर फ्याक्न सकेकै कारणले शरीर बाँचेकाे हाे ।

कुनै जमाना थियाे घरगाउँमै पाईने जैविक ,वानस्पतिक रुपका बीस गुण भएका झारपातहरु अनाज , बीउ विरुवामा छर्केर वाेट बाेटबिरुवा र अनाज बचाईन्थ्याे । जति फल्छ त्यसैमा सन्ताेष गरिन्थ्यो । अध्ययन अनुसन्धानकाे विकास हुँदा खेतबारीमा छर्ने मलखाद पनि रासायनिक हुन थाले र राेग किरा मार्नपनि विषकै मात्रै भरपर्ने जमानाकाे विकासमा समाजलाई धकल्याईयाे । यसैलाई आविस्कार भनियाे । चमत्कार भयाे भनेर हाम्रा आदरणीय गुरुज्यूहरुले पढ्नुभयाे र हामीलाई पनि साेहि अनुसार घाेकाईयाे । मेहनतका साथ पढेकाे ज्ञानलाई समेत विनाशकारी बाटाेमा प्रयाेग गर्नुपर्दा र विकल्पकाे भरपर्दाे बाटाे पहिल्याउन नसक्दा खिन्नता बाेधहुँनु स्वभाविकै हाे ।

धेरै र छिट्टै धन कमाउने वा भनाैँ आफू शुरक्षित हुन अर्काकाे जिन्दगी माथि खेलबाड भैरहेकाे थाहा हुँदाहुँदै पनि न राेक्न सकिएकाे छ न त भरपर्दाे बिकल्प दिन सकियाेस् । कम्तिमा पनि `बिष बिखै हाे ´ सकेसम्म कम प्रयाेय गर्नुपर्छ र कम विष राखेकाे वा बिष छरेकाे केहिदिन पछिमात्रै फलफुल तरकारी खानुपर्छ भन्ने ज्ञान र अनुशासन मात्रै कायम राख्नसके हाललाई यहि नै पहिलाे उपचार हुनसक्छ ।

विषका कारण के कस्ता लक्षण देखाउँछ त शरीरले –

विष ` बिख हाे जुनसुकै माध्यमबाट शरीरमा पसेपछि यसले कित पुरै शरीलाई मार्छ , कि त शरीरका तन्तु र काेषलाई मार्छ वा नाेक्सान पुर्याउँछ , पुर्याउँछ ।

– सबै भन्दा पहिला विष शरीरमा पसेपछि शरीरले कामगर्ने विधिका माध्यमबाट विष रगत हुँदै शरीरभरि फैलन्छ । शरीरका तन्तु, काषहरुले शरीरमा बिष पसेकाे थाहा पाउनासाथ विषसँग लडाइँ गर्छ र मान्छेले मलाई यस्ताेभयाे उस्ताे भयाे भन्नथाल्छ । लडाई विषकाे मात्रा अवधि र प्रवेश अँगका आधारमा हुन्छ । हुन भने हुन्छ, हुन्छ ।

– रगतमा पुगिसके पछि विषकाे प्रभावका कारण शरीरले गरिरहेकाे नियमित काममा बाधा पुर्याउँछ । त्यहिबाधा नै राेगकाे देखिने रुप हाे ।

– विषले सिस्टमेटिक , लाेकल्ली असर पार्छ ।

क) यदि शरीरकाे बाहिरीअँगमा मात्रै असर पराेकाे छ भने छाला चिलाउने , पाेल्ने , टाउकाे दुख्नेसम्म हुन्छ ।

ख) यदि विष रगतका माध्यमबाट शरीरभर पुगेमा विविध प्रकारका लक्षण देखिन्छ ।

– टाउकाे दुख्ने , आँखा पाेल्ने , रिँगाटालाग्ने , बान्ताहुने , नाक पाेल्ने आदि शुरुआतका लक्षणहुन् । विषकाे मात्रा शरीरमा थुप्रिदै जाँदा शरीरका मुख्य अङ्ग जस्तै कलेजाे, फियाेमा असरपरिआउँ,झाडाबान्ता , जण्डिस, [हेमाेलाईटिक वा हेपाटाेमा] प्रजनन क्षेमतामा ह्रास , रक्तअल्पताका साथै महिलापुरुषमाडिम्व र शुक्रकीट उत्पादनमा समस्या आई बाँझाेपन हुनुकाे साथै गर्भपतन समेत हुनसक्छ । बिषादीका कारण छाला सम्वन्धि अनेक राेग हुनेसम्भावना रहन्छ ।

पछिल्लो सर्भे र डाटाले तरकारी खेतीहुने स्थान वरपर अत्यावश्यक विषकाे दुस्प्रभावका कारण क्यान्सर जस्ताे घातक राेगका लक्ष्यणका विरामीमा बृद्धिभएकाे देखिएकाे छ ।

कसरी थाहा पाउने त विषहालेकाे फलफुल तरकारी

१- प्राय वेमाैसमी फलफुल तरकारीमा बढी विष राखेकाे पाईन्छ । सरलक्क परेका कुनै दागनलागेका भन्दा सामान्य अवस्थाका फलफूल तरकारीमा काम विष हुनसक्छ ।

२-अस्वभाविक दाग लागेका काला धव्वा भेट्नु फुत्किएकामा बढी विषादी हुनसक्छ । असवभाविक टलक्क टल्किएका फलफुल तरकारी सामान्य भन्दा घातक हुनसक्छ

। ३) किनेकाे छिट्टै नै फलफुल तरकारी सड्ने गल्ने कारण विषादीको अत्याधुनिक प्रयाेगले हुनसक्छ ।

त्याेभए घरगाउँमा के गर्ने त

त्याे प्लटकाे हाेईन यतापट्टीकाे हाे , त्याे त बेच्नका लागि ´भन्छन् खेतीबालहरु । सकेसम्म त्याे प्लटकाे उनी खादैनन् त्याे गराकाे किन । किनभने त्यसमा आफैँले धेरै विष छरेका र राेप्जे , गाेडने बेलामा प्युराडन जस्ता सिस्मेटिक विषकाे प्रयाेग गरेका छन्।

– अरु केही नसकेपनि राम्राेसँग पखाल्ने , पकाउनुभन्दा ४-६ घण्टा पहिले सिङ्गै पानीमा ढुवाएर राख्दा पनि विष पखालिने धेरै सम्भावना हुन्छ ।

\- सकेसम्म माैसमी फलफुल र स्थानीय घरखेत , गाउँ पाखामा फलेका फलफुल , तरकारी खाने बानी बसाल्ने ।

-भएकाे जमिन , काैसी आदिमा फलफुलका बिरुवा राेप्ने बानी बसालने ।

` धेरै खानु पैसा र स्वस्थ्य दुवैलाई खेरफालनु हाे । थाेरी भएपनि स्वस्थ राम्राे गर्छभने थाेरै भएपनि ताजा र घरवरिपरी कै फलफुल तरकारी खाने बानी बसालाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0