२०८१ असार २ शनिबार

हरि अधिकारी , पश्चिम व्यूराे

विगत एक महिनादेखि नेपालगञ्जको तापक्रप ४० डिग्री माथि छ भने नेपालगञ्जमा पछिल्ला सातादेखि तापक्रम अझ ४३ डिग्रीको आसपासमा छ । तापक्रम बढ्दै जानु र दिउँसोको समयमा चल्ने ताता हावा ( लु) का कारण मानिसको जनजीवन थप कष्टकर बनेको छ ।

आगो झै पोल्ने तापक्रमले दिउँसोको समयमा मानिसहरुलाई घर बाहिर निस्कनै मुश्किल छ झ्याप्झ्याप्ती लाईन जाँदा रातीको समयमा पनि सुत्नै सकस छ । राती घरमाथिको खुला छतमा सुत्ने गरेका छन् । यस्तो गर्मी महसुस त कहिल्यै भएको थिएन् नेपालगञ्जका शशिराम महताे ।दिनरात कटाउनै मुश्किल छ । `त्यसैमा अनियमित विद्युतका कारण नागरिकहरुले थप सास्ती खेप्नु परेको छ । ´

मनसुन पूर्वी नेपालबाट भित्रिसकेपनि पश्चिम तिर अझै फैलिएको छैन । पश्चिम तिर फैलिन केही दिन अझै लाग्ने भएकाले नेपालगञ्जबासीले गर्मीको मार अझै केही दिन खेप्नुपर्ने माैसम विभागले जनाएको छ। बाँकेका स्थानीय तहले गर्मीकै कारण केही दिन विद्यालय बन्द समेत गरेका थिए । तर गर्मी कम हुने अवस्था नदेखिएपछि स्थानीय तहहरुले विहानी प्रहरमा विद्यालय सञ्चालन गरेका छन् ।

अत्यधिक गर्मीका कारण मानवीय जनजीवन प्रभावित मात्र भएको छैन खेतिपाती नै प्रभावित भएको छ । धानको ब्याड राख्न किसानले पाएका छैनन् । ब्याड राखेको खेत पनि ध्वँजा फाँटेको छ । तरकारी खेती प्रभावित भएको छ । तरकारीका बोटहरु सुक्न थालेका छन् । त्यसैगरी मकैका बोटहरु पनि सुक्न थालेका छन् । अत्यधिक गर्मीका कारण विरामीहरु पनि बढेका छन् । गर्मीजन्य रोगका बिरामीहरु अस्पतालमा बढेको चिकित्सकहरु बताउँछन् ।

अझै बेला बेला मा बिद्धुत ले लाइनमा कटावत गर्दा झन जन जिवन अस्त ब्यस्त बन्दैछ । सरकारले यस्तो प्रचण्ड गर्मीमा बच्ने उपचार बिधि भने प्रयोगमा ल्याएको देखिदैन । नेपाल कै सबै भन्दा बढी गर्मि हुने स्थान भनेर चिनिन्छ बाँके जिल्लाको नेपालगन्ज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0