२०८१ जेष्ठ ३२, शुक्रबार

विपिन पाठक,चितवन।

भरतपुर महानगरपालिका वडा नम्बर २८ स्थित रहेको जानकी माध्यमिक विद्यालयले विश्व रक्तदाता दिवस तथा आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटी मेघौली उपशाखाको सहयोग तथा प्रादेशिक रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष हरिबहादुर आचार्यकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रमकाे प्रमुख अतिथिका रुपमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेती उपस्थित थिए।

विद्यालयका संस्थापक प्रधानाध्यापक चन्द्रदत्त सुवेदी ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठक नेपाल रेडक्रस सोसाइटी मेघौली उपशाखाका सभापति लक्ष्मीप्रसाद डुम्रे वडा नम्बर २७ का वडा सदस्य अर्जुन भण्डारी शिक्षक अगुवा दुर्गा कुमारी लामिछाने लगायतको उपस्थिति रहेको साे कार्यक्रममा १०महिला सहित कुल ३९ जना रक्तदाताले रक्तदान गरेका थिए ।

विश्व रक्तदाता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा १० जना रक्तदाताले जिवनमा पहिलो पटक रक्तदान गरिएकाे साे रक्तदान कार्यक्रमकाे सहजीकरण भने विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0