२०८१ जेष्ठ ३१, बिहिवार

चितवन। कालिका नगरपालिकाले एकल महिलाकाे आर्थिक अवस्थामा सुधार ल्याउन बाख्राकाे पाठी वितरण गरेकाे छ।

कम आएभएका नगरका एकल महिलाहरु मध्य प्रत्यक वडाबाट ५-५ जनाका दरले हाल ५५ जनालाई १-१ बटा बाख्राकाे पाठी वितरण गरिएको कालिका नगरप्रमुख विनाेद रेग्मीले बताउनुभयो ।

नगर भित्रका नागरिकको हरेक दु: ख, शुखमा पालिका साथ र सहयाेगमा रहेकाे भन्दै मेयर रेग्मीले भन्नुभयाे ` नगरपालिकाले वितरण गरेका बाख्रा विरामी परेमा पालिकाकाे पशु शेवा कार्यालयबाट उपचारको व्यवस्था मिलाइने छ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1