२०८१ जेष्ठ ३०, बुधबार

कृष्णप्रसाद खनाल

चितवन।जब गण्डक क्षेत्रबाट बसाइँ सराइँका लागि मान्छेका हुलका हुल त्रिशूली र नारायणी तरेर चितवन पसे तबैबाट फडानीका दिनहरु आए चारकोसे झाडी चितवनकाे ।

अहिलेका शहर नारायणगढ र भरतपुर भन्दा उबेलामा नारायणीले छाेपेर छाेडेका मलिलो जमिनकाे महत्त्व अझै बढी नै थियाे । खानैका लागि झरिन्थे प्राय चितवन । अनाज पनि तेतै बढी फल्थे ।

[नेपालका प्रथम सहकारी अभियान्ता बखानसिँह गुरुङ]

तनहुँकाे पुलिमराङबाट २०११ सालमै बखानसिँह चितवन झरेका थिए । बखानपुरमा पहिल्यै देखि बस्ती बाक्लिदै थियाे । सामाजिक अगुवा बखानसिँह गुरुङले गाउँलेकाे अगुवाई गरिरहेका थिए ।

जब गण्डकीका धेरै नै मान्छेहरु बखानपुर पुगे अर्थात बखानसिँहले अबकाे बिकल्प चितवन हाे भन्नथाले उनैकाे सकृयतामा खेतीपाती गर्नका लागि समूह बने। समुहलाई सहकारी भने र सबै मिलेर फडानी गर्ने , सामुदायिक खेती गर्ने । आर्जित खेती सबैले आवस्यकता अनुसार बाडेर खाने निणर्य गरे । बखानसिँहले नेतृत्व गरेकाे समुहमा ६० घरधुरीका ६० जना थिए ।

सारा प्रपन्च मिलाएर राजा महेन्द्रले चितवनमा वस्ति बसाउने निर्णयमा पुगे । अमेरिकी सहयाेगमा डिडिटि पाउडर छरियाे । मलेरिया कमभयाे । विफर , हैजापनि कम हाेलाजस्ताे भयाे।

महेन्द्र सरकारले कृष्णबम मल्ललाई बाेलाएर भने ` राप्तीदून विकास परियाेजन मार्फत चितवनमा जग्गा बाडेर बस्ती बसाउन पर्नेभयाे तिमी चितवन गएर बखानसिँह भन्ने मान्छेलाई भेट्नु र उसैसँग सरसल्लाह गरेर जग्गा वितरण गर्नु ।´ परियाेजना निर्देशक बनेर कृष्णबम चितवन आए । बखानपुर पुगे ।

बखानसिँहकाे सकृयतामा बसेकाे बस्तीकाले आफ्नाे गाउँको नामै। बखानपुर राखेका थिए । सरसल्लाह भयाे कृष्णबम मल्ल र बखानसिँह बीच । जग्गा बाड्दा सहकारी सँस्था मार्फत बाड्ने राज्यकाे नीति थियाे ।

सरकारले २०१० सालमै सहकारी विभाग स्थापना गरिसकेकाे थियाे । सहकारी कै माध्यमबाट जग्गा बाढ्ने निभाे गरे । सहकारी सँस्था दर्ता गर्न आव्हान गरियाे ।

१३ वटा समुहले सहकारी दर्ता गर्न निवेदन पेश गरे । २०१३ चैत्र २०गतेका दिन बखानसिँह गुरुङले नेतृत्व गर्नुभएकाे ६० जनाकाे समूह नेपालकै इतिहासमा पहिले सहकारीकाे नाममा दर्ता हुनपुग्याे र सामाजिक अभियान्ता बखानसिँग गुरुङ नै नेपालकाे सहकारी इतिहासको पहिलाे सहकारी अभियान्ताकाे रुपमा कालजयी इतिहास कायम गर्न सफल भयाे ।

उतिवेला बखानसिँह गुरुङले जनता र सरकारकाे बीचमा रहेर सम्बन्ध सेतुकाे रुपमा सेवागरेका थिए । परियाेजनाले जग्गा फडानी गर्न सहयाेग हाेस् भनेर प्रतिपरिवार ३०० सयका दरले कर्जा दिनेगरेकाे थियाे भने नसक्नेलाई निर्व्यजी समेत ऋणदिने गरेकाे जानकारहरु बचाउँछन् ।

२००७ सालकाे राज्यक्रान्तिका माध्यमबाट प्राप्त बहुदलीय व्यवस्थाकाे सट्टा राजा महेन्द्रलाई एकदलीय शाशन पद्धति मार्फत आफू प्रमुख शक्तिमा आउने लहडसहित जब निर्वाचित जनप्रतिनिधि नै जेल जिवनमा जानेस्थिति महेन्द्रले श्रृजना गर्दै पञ्चायती व्यवस्था शुरु गरे त्यसपछि बखानपुर नामकाे गाउँकाे नाम समेत बदलेर शारदा नगर राख्ने कामभयाे । जुन आज पर्यन्त शारदा नगर माैजुदा छदैछ ।

नेपाल कै पहिलाे सहकारी बखान सहकारी

———————————–

२०८१-०८२ का लागि शहरी विकास मन्त्रालयले ` बखान सँग्रालय ´ निर्माण गर्नका लागि एक कराेड रकम छुठ्याएकाे बखान बहुउद्देश्यीय सहकारी सँस्था पस्चिमी चितवनकाे शारदा नगरमा रहेकाे छ ।

विगत केही बर्ष देखि ताेराे खेतीकाे उत्पादन र ताेरी खरिद र तेल बिक्री गर्ने कार्यमा ख्याति कमाएकाे यस सहकारीमा हाल ९ सय ६० जना शेयर शदस्य छन् भने करिव ५५ लाख  निक्षेप तथा लगानी कार्य गरिरहेकाे छ ।

` हामी त धेरै बचत पनि लिदैनाैँ, गैर सदस्यसँग काराेबार पनि गर्दैनाैँ त्यसैले बचत सँकलन र ऋण लगानी असुलीमा कुनै समस्या छैन ´ भन्नुहुन्छ वर्तमान अध्यक्ष ।

अध्यक्ष भक्तबहादुर गुरुङ भन्नुहुन्छ ` गणतन्त्र आएपछि त सबैकाे हातपाउ फुकेछन् । सबैलाई छिटोछिटो धनी हुने रहर जागेछ । कसैलाई भएकाे जग्गा बेचेर धनीहुने , कसैलाई जग्गा बेचाएर । यहि ब्याथामा हाम्रा मलिला जमिनहरु पनि टुक्रीन थाले । चिरापारिए । ताेरीफुल्ने खेतमा कतै गिट्टी बालुवा टल्कनथाले कतै काँस फुले । ताेरीफुल्ने पहँलै फाँट माँसिन थाल्याे । यहिबेला हामीले ताेरीलगाउने अभियान चलायाैँ । तेलमील शुरु गर्याैँ र ताेरी किन्दै बेच्दै गर्नथाग्याैँ सहकारी मार्फत । बर्सेनि हजाराैँ लिटर शुद्ध तेल बेच्याैँ ।´

चितवन घुम्नआउनेहरु बखना सहकारीको खाेजि गर्नेगरेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष- २०२४ का लागि बखान बहुउद्देश्यीय सहकारीलाई ` भ्रमण गन्तव्य´काे सुचीमा राखेकाे छ ।

(लेखक खनाल समाजशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0