२०८१ जेष्ठ २७, आइतबार

चितवन। पुष्पाञ्जली अस्पतालकाे प्रविधिक सहयाेगमा भरतपुर वडा नम्बर १२ काे प्रङ्गणमा वृहत् रुपमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएकाे छ ।

वरिष्ठ फिजिसियन डा.भाेजराज अधिकारी सहितकाे विशेषज्ञ चिकित्सककाे सँलग्नतामा शनिबार सम्पन शिविरमा फिजिसियन डा. रिकेश सापकोटा , स्त्री तथा प्रसूति राेग विशेषज्ञ डा.रामप्रसाद सापकोटा, बालराेग विशेषज्ञ किरण देवकोटा  स्वस्थ परामर्श तथा उपचारमा सँलग्न थिए ।

यसैगरी शिविरमा दन्तराेगमा डा.बिवेक घिमिरे र रेडियाेलाेजिस्ट डा. नरेन्द्र दराई सँलग्न थिए।

नि: शुल्क ल्यावपरिक्षण तथा ईसिजि सेवा समेत उपलब्ध गराईएकाे साे शिविरमा स्त्री राेगका १ सय २८ सहित कुल ४ सय २५ जनले स्वस्थ जाँच तथा अैषधि सहितकाे सेवा लिएका कार्यक्रम सँयाेजक केदार सुवेदीले जानकारी दिए ।

शिविरकाे उद्घाटन गर्दै डा.भाेजराज अधिकारीले याे जनतासँग स्वास्थ अभियानकै कडिका रुपमा पुु्ुष्पाञ्जली अस्पतालकाे नागरिकप्रतिकाे उत्तरदायित्व भएकाे बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0