आशिष् आचार्य , काठमाडौं व्यूराे

काठमाडौं । दर्शनार्थीकाे भिड बढेकाेले दर्शन कार्यलाई सहज बनाउन पशुपतिनाथकाे मन्दिरका चारैढाेका खुल्ला गरिने भएकाे छ ।

`आराध्यदेव पशुपतिनाथकाे दर्शन गर्ने आउने श्रद्धालु भक्तजनकाे सहजताका लागि आगामी असार १ गतेबाट मन्दिरका चारवटै ढाेकाहरु खाेलिने निर्णय भएकाे छ ´ पशुपति क्षेत्र विकास काेषका प्रवक्ता रेवतीरमण अधिकारीले भने ।

विश्वका धेरै मुलुकबाट पशुपतिनाथकाे दर्शन गर्न आउने भक्तजनकाे चाप बढेकाे छ, त्यसमा पनि पछिल्लो समय भारतबाट आउने पर्यटकको सँख्यामा वृद्धि भैरहेकाे छ प्रवक्ता अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0