२०८१ जेष्ठ १६, बुधबार

चितवन। नेकपा एमाले चितवनकाे हालै सम्पन्न ११ अैाँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए लगत्तै कमल पाठकले याे निर्वाचन पार्टीको आन्तरिक जीवन मात्र भएकाे र निर्वाचन र समग्र अधिवेशनबाट चितवनका सबै पार्टी नेता, कार्यकर्ता र शुभचिन्तकहरुकाे जित भएकाे प्रतिक्रिया दिएका छन् ।

निर्वाचन प्रकृयाले  पार्टी र नेताकार्यकर्ताहरुलाई चलयामान हुन थप अवसर प्राप्त भएपनि अब निर्वाचन प्रकृयाकाे पूर्णतासँगै जित र हारले समेत विश्राम लिएकाे उनले बताए ।

` नेकपा एमाले चितवन हरेक हिसावले एकताबद्ध छ । एमालेकाे शाखलाई उचाेराख्नु सबै पार्टीपङ्तिकाे उत्तिकै दायित्व हाे भन्नेमा सबै सचेत छाैँ । पार्टी सबैकाे साझा थलाे भएकाेले सबैले ईमानदारीका साथ पार्टी र जनताकाे हितमा एकभएर लाग्नेछाैँ ´ – उनले भने ।

केहि पालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने सदस्यहरु निर्विरोध भै कूल १२० जना निर्वाचित नेकपा एमाले चितवनकाे अध्यक्षका प्रत्यासी पाठकले प्रतिद्वन्द्वी घनश्याम कँडेललाई ९३ मतकाे बदलामा ६०६ मत प्राप्त गरि भारी मतान्तरबाट विजयी भएका छन्। उनी निवर्तमान उपाध्यक्ष र माेर्चाफाँट प्रमुखकाे जिम्मेवारीमा थिए ।

यसैगरि उपाध्यक्षमा श्याम विष्ट निर्वाचित भएका छन् । उनी एमाले चितवनकाे जिल्ला पार्टी कार्यालय सचिव समेत हुन् । सचिवमा भने निवर्तमान सह- सचिव तथा प्रचार विभाग प्रमुख प्रकाश ढुङ्गाना निर्वाचित भएका छन् ।

मत परिणाम र कार्यसमिति यसप्रकार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0