आशिष आचार्य , उपत्यका व्यूराे

२०८१ जेष्ठ १५ , मँगलवार

काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेखनीय योगदानकाे कदर गर्दै प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीलाई सम्मान गरिएको छ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव समेत रहनुभएका अधिकारीलाई प्रतिष्ठित ‘आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ प्रदान गरिएको हाे ।

सोमवार` चन्द्रलोक फाउन्डेशन´ ले आयोजना गरेको एक विशेष समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले विज्ञ अधिकारीलाई साे अवार्डले सम्मान गरिएकाे हाे

। आईसीटी क्षेत्रको विकास र विस्तारमा अधिकारीले पुर्याएको योगदानलाई कदर गर्दै यो अवार्ड दिइएको आयोजकले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका निवासी चिरञ्जीवी अधिकारी साइबर सुरक्षा र नेटवर्किङका विषयमा विशेष दखल  व्यक्ति हुनुहुन्छ।

इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरिसक्नुभएका अधिकारीले अन्तर्राष्ट्रिय स्तरका आई सर्टिफिकेट समेत प्राप्त गरिसक्नुभएकेा छ ।

आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्धालाई प्राथमिकताका साथ उठाउँदै आउनुभएका अधिकारीले सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आउनुभएकाे जानकारहरु बताउँछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा दर्जनौं लेख तथा अन्तर्वार्ता प्रकाशित भैसकेका अधिकारी साइबर सुरक्षाको शिक्षा र जागरूकता बढाउन देशभर ५०० भन्दा बढी कार्यक्रममा सक्रिय सहभागी भैसक्नुभएकाे छ।

क्यान महासंघमा महासचिवको भूमिकाका अतिरिक्त अधिकारी नेपालको आईसीटी क्षेत्रका केही प्रमुख संस्थाहरूका प्रेरणादायी व्यक्तित्व समेत हुनुहुन्छ ।

इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष समेत रहनुभएका अधिकारी नेपालमा आईसँग सम्बन्ध राख्ने थुप्रै सँघ सँस्थाकाे महत्त्वपूर्ण भूमिकामा हुनुहुन्छ ।

त्यसैगरी,अघिकारी नेपालको चर्चित साइबर सुरक्षा कम्पनी वनकभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक तथा सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट जस्ता शैक्षिक संस्थाहरूमा शिक्षण भूमिमा समेत सँलग्न हुनुहुन्छ ।

सम्मनाले आफुलाई यस क्षेत्रमा लाग्न थप जिम्मेवारी थपिएकाे महशुल भएकाे अधिकारीले बताउनुभएको छ ।

सम्मन ग्रहणका अवसरमा अधिकारीले भन्नुभयाे ` विज्ञान र प्रविधिको क्षेत्रमा देशले थुप्रै गर्नुछ र त्यसमा हामीले महत्त्वपूर्ण याेगदान पुर्याउँनु छ ।´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0