२०८१ जेष्ठ १५ , मँगलवार

काठमाडौँ । महिला ट्राफिकले रजस्वला हुँदाकाे चारदिनसम्म अवबाट बिदामा बस्नपाउने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साे घाेषणा गरेका हुन् ।

रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए ।

 

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0