२०८१ जेष्ठ १४, साेमबार

दुर्घटनामा एक जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति  १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।

त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीको टोली दुर्घटना स्थल पुगेका थिए ।

अन्दाजी १७ वर्षीय एक पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ भने इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा पहिचान नखुलेका १८ जनाको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा चार जनाको उपचार भइरहेको छ । घाइतेहरु मध्ये आठ जनाको अवस्था गम्भिर रहेको र १४ जनाको अवस्था मध्यम रहेको प्रहरी निरिक्षक  भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0