२०८१ जेष्ठ १२ , शनिबार

चितवन । नेकपा एमाले चितवनकाे ११अैाँ जिल्ला अधिवेशन भरतपुरकाे ग्यालेक्सी गार्डन रिसोर्टमा शुरुभयाे ।

१४ गतेसम्म चल्ने साे अधिवेशनकाे नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पाैडेलले  उद्घाटन गरेका हुन् ।

कार्यकाल सकिनु आठ महिना अघि नै शुरुगरिएकाे साे अधिवेशनमा भुगाेलबाट छानिएका र माैजुदा जिल्ला कमिटी गरि कुल ७ सय ६१ प्रतिनिधि सहभागी रहेकाे एमाले चितवनले जनाएको छ । जसमा २९ जना मनाेनित समेत समावेश छन् ।

अधिवेशनले आगामी ३ वर्षका लागि अध्यक्ष , उपाध्यक्ष ,सचिव र २उपसचिव सहित १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

अधिवेशनकाे अवसर पारेर एमाले चितवनले पार्टीको स्थापनाकाल देखि हालसम्म चितवनकाे पार्टी कमिटीमा रहि नेतृत्व गर्नुभएका अध्यक्षहरुलाई सम्मान गरेकाे छ भने कठिन घडिमा पार्टीलाई सेल्टर सहित विभिन्न कार्यमा सहयाेग गर्ने विभिन्न तहका व्यक्तित्वहरुलाई समेत सम्मान गरेकाे छ ।

त्यसैगरी अधिवेशनकै अवसरमा अधिवेशन स्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवन र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0