२०८१ जेष्ठ ११, शुक्रबार

चितवन । ताताे घाम र तातेकाे पिचकाे पर्वाह नगरि चितवनमा सहकारीबाट ठगिनपुगेका पिडितहरुले नारा जुलुस गर्दै राज्यकाे ध्यानाकर्षण गराए ।

चाैविसकाेठी चाेक , जिल्ला सहकारी डिविजन( ज्ञानकेन्द्र) , मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय गेट पुगेका नागरिक भन्देथिए ` नागरिकको बचत फिर्ता गर । , दाेषी उपर कार्वाही गर , ।

नागरिक यसरी ठगिएको प्रत्येक्ष थाहा पाउँदा पनि परिणाम दिन सक्ने गरि निर्णय दिन नसक्ने याे देशकाे सरकार कस्ताे भन्छन् – शिवशिखर बहुउद्देश्यीय सहकारीबाट ठगिएका कृष्ण सुवेदी ।

साेहि सहकारी पिडित बद्री पाेख्रेल भन्छन् ` यदि देशमा जनताकाे सरकार हुँदाे हाे त यत्रा जनता दिनदहाडै ठगिएकाे प्रमाण पाएपछि पिडितलाई तत्काल न्याय दिने पहल गर्दथ्याे ।´

शिवशिखरले मात्रै जनताकाे करिव १४ अर्व रुपैयाँ ठगी गरेकाे पिडितकाे दावी छ ।

यस्तै बचतकर्ता ठग्ने सहकारीमा नेपाल सहकारी , सहारा नेपाल,सनराइज,लालिगुँरास सहितका दर्जन बढी छन् भने सरकारले नै सँकटपूर्ण अवस्थाका सहकारी भनी घाेषणा गरेका करिव ३ दर्जन सहकारी छन् ।

` सरकारले दर्ता , लाइसेन्स दिएकाे सँस्थामा बचत जम्मा गरेका हाैँ , हामीलाई ठग्नेलाई कार्वाही गर्ने र जनताकाे रकम फिर्तागर्ने दायित्व पनि सरकारकै हाे भन्नुहुन्छ सहारा चितवनमा पैसा जम्मागर्दा ठगिनुभएकी शाेभा काफ्ले ।

राज्यले नागरिक ठगिएको टुलुटुलु हेरिरहन्छ भने हामी स्थानिय देखि केन्द्रसम्म घेराउका चरणबद्ध आन्दोलनको घाेषणा गर्नेछाैँ भन्नुहुन्छ सहकारी पिडित महासँघका सदस्य समेत रहनुभएका विनाेद आचार्य ।

सहकारी पिडितका आवाज राज्यले नसुनेकाे गुनासाहरु आईरहँदा यसमा सम्लग्नताका नामहरुले समेत राज्य सञ्चालनका अँगहरुमै खेलाबैला पुर्याईरहेकाे देखिनथालेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0