Date
शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024
Friday, April 19, 2024
घर ब्लग

सकियो २९औं वन्यजन्तु सप्ताह, पत्रकार र संरक्षणकर्मीलाई सम्मान

२०८१ बैशाख ७, शुक्रबार

प्रकाशबाबु खनाल

रत्ननगर,चितवन। चितवनमा मनाइएको २९औं वन्यजन्तु सप्ताहको अन्तिम दिन शुक्रवार संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिएको छ ।

समापन कार्यक्रममा संरक्षणमा योगदान दिने १० जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो ।  वातावरण संरक्षण अभियन्ता ज्ञानेन्द्रराज पाण्डे, संरक्षणकर्मी चरा विद टिकाराम गिरी, वसन्त राना मगर, पत्रकारीतामा श्रव्यदृष्य मार्फत योगदान पुर्याएबापत आभाष टेलिभिजनका प्रवन्ध निर्देशक कोमल चन्द्र भगत, पत्रकार जसपाल न्यूजका सञ्चालक विकाश पौडेल, पर्यापर्यटन पर्यापर्यटनमा योगदान पुर्याएबापत गाईड राजेन्द्र धामी, युवराज पौडेल, ह्याप्पी लेमन ट्री, होटल नेशनल पार्क र जंगल सफारी रिसोर्टलाई  सम्मान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिए ।

सोही अवसरमा वन्यजन्तु सप्ताह अन्तर्गत संरक्षण सम्बन्धी चित्रकला र बक्तृत्वकाला प्रतियोगिताका विजेताहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जको आसपास क्षेत्रको संरक्षणमा समेत लाग्न सबैमा अनुरोध गरे । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलवहादुर पुर्जा पुन, संरक्षण अधिकृत तथा मध्यवर्ती शाखा प्रमुख चितवन राष्ट्रिय निकुञ्जका गणेश प्रसाद तिवारी, रत्ननगर वडा नं. ६ का वडा सदस्य विरेन्द्र महतो, मृगकुञ्ज उपभोक्ता समितिका निवर्तमान अध्यक्ष बासु ढुङ्गाना, वर्ड एजुकेशन सोसाईटीका अध्यक्ष टिकाराम गिरी, बाघमारा वनका अध्यक्ष जीत वहादुर तामाङ, तराई भु परिधी [ताल]का क्षेत्रीय ईन्चार्ज प्रेम पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ रेन्जर ऋषि सुवेदी लगाएतले मन्तव्य राखेकाे उक्त कार्यक्रमकाे उद्घाटन भने बैशाख १ गते शुरुबाट शुरुभएकाे हाे ।

नेपाली सेनाले खाेल्याे ठुलाे सँख्यामा भर्ना

२०८१ बैशाख ७,शुक्रबार

काठमाडौं । नेपाली सेनाले २५ सय पाँच दर्खास्त मागगर्दै ठुलाे सँख्यामा भर्ना खाेलेकाे छ । जँगी अड्डाले शुक्रबार सार्वजनिक गरेकाे सूचना अनुसार विभिन्न रिक्त पदहरुका लागि भर्ना खाेलेकाे हाे ।

जेप्ठ ५ गतेसम्म आवेदन दिन सकिनेछ भने दाेब्बर दस्तुर तिरी थप एक हप्तासम्म फारम भर्न सकिने छ ।

वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीेले चितवनकाे सूचना प्रविधि मेलाकाे उद्घाटन गर्ने

२०८१ वैशाख ६, बिहीबार

चितवन । चितवनमा भाेलिबाट शुरु हुने अैाद्याेगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुहुने भएकाे छ ।

चितवन उद्याेग सँघ र कम्प्युटर एसाेशिएसन नेपाल महासँघ, चितवन द्वारा आयाेजना हुनलागेकाे साे मेला भरतपुर स्थित प्रदर्शनी केन्द्रमा गरिएको छ । मेला भाेलि देखि ११ गतेसम्म सञ्चालन हुने छ ।

२५ हजार बढीले अवलोकन गर्ने अपेक्षा राखिएको साे मेलाबाटस्वदेशी उत्पादनको बजारीकरण, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकासका लागि मेलाले सहयोग पु¥याउने विश्वास लिइएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लक्षित मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिकासहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायतबाट स्टलको सहभागिता रहनेछ ।

स्वदेशी तथा विदेशी गरी २५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब १५० स्टलहरु रहनेछन् ।

भरतपुर महानगरका ८४ प्रतिशत विद्यार्थीले गरे आधारभूत तह उत्तीर्ण

२०८१ वैशाख ६, बिहिवार

चितवन।भरतपुर महानगरपालिका भित्र अध्ययन गरेका कक्षा ८ काे विद्यार्थीकाे परिक्षाफल सार्वजनिक गरिएको छ। आज बसेकाे आधारभूत शिक्षा परीक्षा समितिकाे बैठकले परिक्षाफल प्रकाशन गरेकाे हाे ।

कुल ६ हजार ८ सय ६४ जना विद्यार्थी सहभागीता जनाएकोमा ५ हजार ७ सय ६२ जना अर्थात ८३.९४ प्रतिशतले कक्षा ९ अध्ययन गर्न याेग्यभएका छन् ।

दुईn विषयसम्म न्यूनतम ग्रेड प्वाइन्ट १ दशमलव ६ अथार्त डि प्राप्त गर्न नसकेका परीक्षार्थीहरुका लागि बैशाख २१ गतेदेखि २३ गतेसम्म  ग्रेड वृद्धि परीक्षा सञ्‍चालन हुने शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

नेपालले पहिलाे फिल्डिङ गर्दै

२०८१ बैशाख ५, बुधबार

काठमाडौ ।ओमानमा जारी एसीसी प्रिमियर कपमा समुह चरणकाे अन्तिम खेलमा नेपाल पहिलाे फिल्डिङ राेजेकाे छ ।

टस जितेर फिल्डिङ राेजेकाे नेपालले साउदी अरबसँग ८-८ ओभरमा खेल हुनेछ । नेपाली समय अनुसार खेल दिउँसो २: १५मा ् शुरु हुनेछ ।

नेपालले साेमपाल कामीलाई विश्राम गराएर उनकाे स्थानमा बलर प्रतिश जिसिलाई मैदानमा पठाएकाे ।

प्राचीन कालिका मन्दिर परिसरमा निर्मित सीता, राम र लक्ष्मणकाे मुर्तिमा प्राणप्रतिष्ठा

२०८१बैशाख ४, मँगलबार

बढैयाताल, बर्दिया । साविक कालिका ४ , हाल बढैयाताल गाउँपालिका – ९ स्थित प्राचीन कालिका मान्दिर परिसरमा निर्माण गरिएकाे सीता ,राम र लक्ष्मण काे प्रतिमाकाे रामनवमीकाे दिनपारेर बैशाख ५ गते प्राणप्रतिष्ठा हुनेभएकाे छ ।

हरिप्रसाद र नन्दकलाका काेखबाट जन्मनुभै हाल बढैयाताल – ८ सितला बजार बस्ने ३७ वर्षीय सुर्य ढकालले अनवरत रुपमा १ महिना भन्दाबढी समय लगाएर निर्माण गर्नुभएकाे साे मूर्तिकाे कच्चापदार्थ  लागत दुईलाख बढि रहेकाे ढकाल बनाउनुहुन्छ ।

निरन्तर परिश्रम पछि तयार भएकाे साे देव मुर्तिहरुकाे भाेली बैद्धिक विधि द्वारा पूजन गरि प्राणप्रतिष्ठा गरिने कार्यक्रम रहेकाे मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिर प्राचिन भएकाे स्थानीय बताउँछन् । २०३२/३३ सालतिर लामाे समय पानी परेन । घनाजँगलमा सरकारले पुनर्वास गरि बस्ती बसाएकाे थियाे । पानी नपरेपछि त्यतिखेर सामाजिक अगुवाहरुले कतै मठ मन्दिर छ कि भनी खाेजीगर्दा घना जँगलकाे बीचमा  रुखकाे नजिकै मुर्ति सहितकाे पूजास्थल फेलापरेकाे साे जँगल छेउछाउ बस्नेले याे कालिका माईकाे मन्दिर हाे भनेपछि   गाउँहरुले मन्दिर निर्माण गरिउतिबेलादेखि हरेक पर्व विशेषमा पूजनकार्य गर्दै आईरहेकाे स्थानीय अगुवाहरु बताउँछन् ।

भाकल आदि विभिन्न आस्तिक थलाे रहेकाे याे ऐतिहासिक कालिका मन्दिर परिसरमा राम, सीता र लक्ष्मणकाे मूर्तिमा विधिवत प्राणप्रतिष्ठा गरिने कार्यक्रमले आफू हर्षित भएकाे गायत्री सँस्कार सँरक्षण समिति बढैयातालका टिकाबहादुर अधिकारी बताउँछन् ।

साेहि मन्दिरकाे नामबाट साविकमा कालिका गाउँ पञ्चायत र पछि कालिका गाउँपालिका

चलचित्र `जुनकिरी´ले समाज भित्रकाे पीडा बाेलेकाे छ – दिनेश केसी , गायक तथा सिनेकर्मी

२०८१ बैशाख ४,मँगलबार

पाईलट बनेर खुल्ला आकाशमा आफुसँगै दुनियाँलाई उडाउने सपना बाेकेर  काठमाडौं झरेका दिनेश केसी आफ्नाे बाटाेले कला सहित गला राेजेपछि यसैकाे माध्यमबाट सँसारका २५ भन्दाबढि मुलुकहरु घुम्ने र प्रस्तुति पस्कने अवसर प्राप्त गरेकाे बताउँछन् । कलाकारिताबाटैआत्मा सन्तुष्टिका साथै धेरै अवसर र मायाँ पाएकाे उनकाे उनकाे बुझाइ रहेकाेछ।

आफू  मजबुत क्यारिएरकाे लागि निरन्तर क्रियाशील रहिरहेकाे बताउने केसी भन्छन् ` कलाकारितामा निरन्तरताका लागि रहरलाई याेजना र लगावमा बदल्न सक्नुपर्छ ´

चितवनका विभित्र क्षेत्रमा भैरहेको चलचित्र `जुनकीरी´काे छायांकनमा महत्त्वपूर्ण भूमिका  रहेकाे अवस्थामा कार्यक्षेत्रमै

# दिनेश जी सर्वप्रथमत: भरतपुरकाे भूमिमा तपाईं सहित जुनकिरी टिमलाई हार्दिक स्वागत छ । चलचित्र जुनकिरीकाे महत्त्वपूर्ण क्यारेक्टरमा रहनुभएकाे देखिन्छ , के कारणले याे चलचित्रमा अभिनय गर्न परिस्थिति बन्याे ?

* राजेश- सर्वप्रथम: श्रीखबर टिमलाई मेराे र हाम्राे तर्फबाट पनि हार्दिक नमस्कार । चलचित्र जुनकीरी कै प्रशँग उठ्याे । पहिलाे कुरा त जुनकीरीकाे कथावस्तु न‌ै यति बलियाे छ कि चलचित्र तयार भएपछि जब याे प्रदर्शनी जाने छ त्यतिखेर हेर्ने हरेक दर्शकले कतै आफ्नै कथालाई टिपेर चलचित्र त बनेन भन्नेलाग्ने छ ।

दाेश्राेकुरा याे नारी प्रधान सामाजिक चलचित्र हाे । एउटी नारी कुन सपना बाेकेर शहर पसेकाे हुन्छे तर शहरीया परिवेशले उसलाई कसरी फसाउँछ र सारासम्पति, भएकाे घरवार उजाडिएर आफैँलाई आत्माहत्या गर्न विवश हुन्छे भन्ने विषयलाई परिकल्पनाकार तथा निर्देशकले असाध्यै मिहिनेतका साथ प्रस्तुत गर्नुभएको छ ।

 

चलचित्रमा  खेलेकाे नकारात्मक क्यारेक्टरले समाजमा सकरात्मक सन्देश दिनेमा विश्वस्तरहि याे प्रस्ताममा राजी भएकाे हुँ ।

# चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयाे अलिकति बताईदिनुस् न ।

* कुनै पनि काममा आउन विशेषत तीन कुराले महत्त्व लिँदाेरहेछ । एक त आन्तरिक चाह ,अर्काे उचित बाताबरण र तेश्राे भनेकाे उचित सँगत नै हाे ।

मेरा शाेख खुल्ला आकाशमा आफुसँगै दुनियाँलाई आकाशमा उडाउने थियाे । याे अझै मरेकाे छैन ।

शुरुमा त रहर नै हाे । विस्तारै याे रहर शाेख हुँद‌ै पेशामा रुपान्तरण भयाे । साहेद सँगत  त्यस्तै भएरहाेला ।

# चलचित्र बाहेक नि ?

* मेराे अन्तरमनकाे विषय उठाउनुभयाे धन्यवाद ।  याे बाहेक गाउने र श्रृजना गर्ने हाे । निकट भविष्यमै ` तिम्राे आगमनले´ म्यूजिक भिडियो आउँदैछ ।

विश्वका २४ भन्दा वढि मुलुकमा पुगेर गायन प्रस्तुत गरेकाे छु ।

# अलिकति अगाडि बढाउँन गफबातलाई, हैन याे कलाकारीता आफैँ हुन्छ कि बनाईन्छ ?

* याे पनि महत्त्वपूर्ण विषयकाे उठान हाे । पहिलाे कुरा त हरेकलाई भगवानले नै विभित्र खाले प्रतिभा दिएका हुन्छन् जस्ताे लाग्छ । कस्काे कस्ताे प्रतिभाले उचित वातावरण पायाे भन्ने हुन्छ ।

प्रकृति द्वारा प्राप्त वरदानलाई अझ परिस्कृत बनाउने जिम्मा भने आफ्नै हाे ।

# दिनेश जी तपाईं कलाक्षेत्रमा रमाउँद‌ै हुनुहुन्छ , याे क्षेत्रमा आउन अवसर पर्खेर बसेका हिजाेका तपाईंजस्ता आजका युवालाई तपाईंको के सन्देश छ ?

* बाेझिलाे कुरा उठाउनुभयाे । हरेकका चाहना हुनु स्वभाविकै हाे । म सबै याे क्षेत्रका लागि सपना देखिरहनुभएका साथीहरूलाई कसैकाे लहैलहैमा नभै याेजनाबद्ध सपना र याेजना लिएर प्रवेश गर्नुहाेस् भन्न चाहन्छु । तपाईंको निरन्तर लगाव र कामप्रतिकाे ईमानदारीताबाट मात्रै सफलता सम्भव छ, यत्ति भनाैँ ।

अर्काे कुरा समाजले कलाकर्मीका दैनिक कृयाकलापलाई ज्यादै नजिकबाट हेरिरहेका मात्र हुँदैनन् उसका व्यवहारकाे सिकाे समेत गरिरहेका हुन्छन् । त्यसैले समाजलाई सकरात्मक सन्देश दिनेगरि विषय तयारपार्न र जिवनयापनमा ख्यालगर्न समेत सबैमा अनुराेध गर्दछु ।

# कला क्षेत्रमा लागेर के पाउनुभयाे के गुमाउनुपर्याे त ?

* मेरा घरव्यवहार र पाइलट बन्ने चाहना पूरागर्ने समय व्यवस्थापन हुन सकेनहाेला , बाँकी कुरा पाएकाे छु ।

कमाए पछि देशविदेश घुम्नजाउँला भनेर बसेकाेभए आजपनि म यतै हुन्थेँ । २८ भन्दाबढी मुलुक त कलाक्षेत्रमा लागेकै कारणले पुग्नसकैँ।

#सिनियर कलाकार सम्झनुपर्दा शुरुमा पर्ने नाम कस्ता छन् ?

* मेरा आदरणीय अभिभावकहरुकाे सम्झना गराइदिनुभयाे । यतिखेर मेराे दिमागले आदरणीय राजेश हमाल दाइ, करिस्मा दिदी र अरुणीमा लम्साललाई सम्झिरहेकाे,जाेसँग सँगै कामगर्ने रहर भित्रकाे याेजना ताजै छ ।

# छाेटाे समयलाई व्यवस्थापन गर्दै कुराकानी गर्ने अवसर र तपाईंलाई धन्यवाद । जुनकीरी र तपाईंको टिमकाे सफल समयकाे शुभकामना ।

* छाेटै समय भएपनि केही भावना पाेख्ने अवसरका लागि श्रीखबर अनलाइन र तपाईं प्रति आभारी छु , धन्यवाद ।।

बाेधिचित्तकाे रुख काटेकाे आराेपमा चारजना पक्राउ

२०८१बैशाख ३, साेमबार

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ । रासस

कम्युनिष्ट पार्टी स्थापनाकाे ७५ अैाँ वर्ष, पार्टीमा निरन्तर काम गरेकालाई सम्मान गर्ने

२०८१बैशाख ३, साेमबार

नेकपा एमालेले आफ्नाे स्थापनाकाे ७५ अैाँ वर्षकाे अवसरमा `हीरक जयन्ती ´ मनाउने भएको छ।

अध्यक्ष केपी ओलीकाे अध्यक्षतामा आइतबार सम्पन्न बैठकले साे अवसरमा एक समारोह आयाेजना गर्ने निर्णय गरिएको हाे

`हीरक जयन्ती  अवसरमा पार्टीमा निरन्तर कृयाशील मध्यका केही व्यक्तिहरुलाई सम्मान गरिनेछ भने महत्त्वपूर्ण डकुमेन्ट्री प्रस्तुतगरि राष्टिय राजनीतिमै महत्त्व राख्ने कार्यक्रमकाे आयाेजना तय भएकाे  छ – कार्यालय सचिवले भने ।

एमालेले वैशाख ८ र ९ गतेका लागि राष्ट्रिय प्रतिनिधि परिषद बैठककाे आयाेजना समेत गरेकाे छ ।

भारतद्वारा नेपाललाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

२०८० बैशाख २,आइतबार

भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभयो ।

समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । साथै उहाँले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताउनुभयो ।

उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिनुभयो । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नौ एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पु¥याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ । रासस

सिफारिस