Author: Shree Khabar

आशिष आचार्य कार्तिक १८ चितवन/ गाेरखा क्षेत्र नम्बर २का प्रतिनिधि सभा सदस्य टिकादत्त पाेख्रेलले आफ्नो १०० अैाँ जन्माेत्सव मनाउनुभएकाे छ । नेपाली काङ्ग्रेस विपि काे तर्फबाट उम्मेदवार पाख्रेल २००४ सालमा सेनाकाे जागिर छाेडी शुवर्ण शमशेरसँगकाे सँगतले नेपाली काङ्ग्रेसको राजनीति मा रहदा बिश्वेस्वर प्रसाद तथा गिरिजाप्रसादसँगै राजनीति गर्नुभएका पाेख्रेल प्रजातन्त्र सेनानी भै सम्मानित हुनुभएका व्यक्तित्व समेत हुनुहुन / यही मङ्सिर ४मा हुन गैरहेकाे चुनावमा वहाँ नेपाली काङ्ग्रेसले आफ्नो नीति , शिद्धान्तलाई माटाेमा मिलाएकाे भन्दै नेपाली काङ्ग्रेस विपि बाट गाेरखा २ बाट प्रतिनिधि सभा सदस्य मा उम्मेदवार हुनुहुन्छ , जहाँ गठबन्धनका प्रचण्डको उम्मेदवारी रहेकाे छ । गाेरखाकाे छाेप्राकमा जन्मनुभएका पाेख्रेल १०० बर्षकाे…

Read More

श्रीखबर कार्तिक १८ चितवन ६१ बर्षका राजु श्रेष्ठलाई खेती लगाउने चटारो छ। रत्ननगर १० बकुलहरका उनकाे घर देखि दक्षिण पट्टी पर्ने करिव ३ किलोमिटर पर उनकाे खेत छ । त्यही खेतमा अर्काले समाईदिएकाे डालाेबाट विकासी मल झिक्दै खेतमा बर्काउदैछन् भरनपाएकाे हातले । दाहिने हातमा कालाे मल भएपनि देव्रेहात भने वहाँकाे काँधमा लगेर बाँधकाे झाेली भित्र छ । खेताला मान्छे खाेज्दा फेला नपरेपछि दुबैहातले मल बर्क्याउन मन छ वहाँलाई । तर आफ्नै ट्याक्टरकाे हाईडाेलिक घच्याक्क हुँदा हातमा चाेटलागेर थच्याक्क भएकाे एक्सरे गरेपछि बाधबुध पारेर झाेलीमा थन्क्याउन पर्याे हातलाई । यताउताकाे चुनावी झल्याकझुलुक्क सँग समेत अाैधी रीस उठेकाेछ वहाँलाई यस पालि ।…

Read More

श्रीखबर कार्तिक १८ चितवन/ चितवनको १ नम्बर क्षेत्रकाे चुनावी सरगर्मीले नेकपा एमालेलाई ह्वात्तै तताएकाे नेकपाका नेतृ तथा रत्ननगरका निवर्तमान उपमेयर बिमला दुवाडीले बताउनुभयो । प्रतिनिधि सभाका लागि एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र १” क ” मा एमाले केन्द्रीय सदस्य समेत रहनुभएका जगन्नाथ थपलिया एवं क्षेत्र नम्बर १ काे “ख” मा एमाले जिल्ला सचिव प्रकाश खनाल ” शैलेस” उम्मेदवार रहेकाे साे क्षेत्रमा एमाले ले घरदैलो लाई तिब्रता दिएकाे छ । एमालेकाे राम्राे जनाधार रहेकाे र पार्टी भित्रकाे आन्तरिक एकतामा समेत थप मजबुत भएकाेले चुनाव जित्नेमा बिस्वस्नियता बढ्दैगएकाे रत्ननगरका निवर्तमान मेयर तथा एमालेका नेता नारायण वनले बताउनुभयो । एमालेले…

Read More

श्रीखबर कार्तिक १६ चितवन/ ६२ हजार २४२ मतदाता रहेको चितवनको २” ख ” मा गठबन्धनका उम्मेदवार उत्तम जाेशीले एक भिडियो मार्फत ३ वर्ष भूमि आयाेगकाे अध्यक्ष बन्दा ३ वटा पनि पूर्जा बाड्न नसकेको भन्दै एमालेबाट उम्मेदवार बनेका २ ” ख” कै उम्मेदवार देवी ज्ञावली माथि जाईलागे पछि देवी ज्ञावलीले पनि आफ्नाे कार्यकालमा भए गरेका नीतिगत कामकाे फेहरिस्त सार्वजनिक गरेका छन् । शून्यबाट काम शुरुगरेर नीति नियम कानुन तयार पार्ने , अफिस स्थापना गर्ने देखि देश भरबाट ११ लाख ८० हजार भन्दा बढि परिवारकाे लगत तयार पारि धेरै स्थानमा जग्गा नाप जाँच शुरु भैरहेका बेला गठवन्धन सरकारले पूर्वाग्रह राखेर आयाेग नै…

Read More

श्रीखबर कार्तिक ९ चितवन /२०४९ सालमा सहिद स्मृति बहुमुखी क्याम्पस टाँडीकाे समेत अध्यक्ष रहेका तात्कालिक अ.ने.रा.स्व.बि.यू.चितवनका उपाध्यक्ष समेत रहेका कृष्ण खनाल ०४९ काे अन्तिम अन्तिम तिर मदन भण्डारी काेसँगतबाट बहुदलीय जनवाद , जनताकाे चेतना र तात्कालिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति काे छलफल पछि चितवन फर्किएर आफुभन्दा सिनियर साथी रमेश रेग्मीलाई टाँडी क्याम्पस काे अखिलकाे अध्यक्ष काे झाेला थमाएर काठमाडौ हुँदै पश्चिम पस्चिमका थुप्रै जिल्लामा भए घटेका द्वन्द्व र विपतकाे साक्षी बनेर अध्ययन र अनुभव सँगाल्दै पश्चिम नेपाल हेलिए । यता रमेश रेग्मी क्याम्पसे पढाइ र विध्यार्थी राजनीतिलाई रुपान्तरित पार्टी नेकपा माओवादी नीति र शिद्धान्तकाे जगमा भुमीगत जिन्दगीको यात्रामा अविचलित पाईला दाैडाउँछन्…

Read More

श्रीखबर ८, कार्तिक, चितवन निर्वाचन नजिकिएसँगै विभित्र पार्टीबाट नेता कार्यकर्ता एक पार्टीबाट अर्काे पार्टीमा आउजाउ चलिरहेको छ ।यसै बिच आज एमालेबाट बाहिरिएका केही नेता कार्यकर्ता पुन: एमाले मै भित्रीएकाे एमाले चितवनले जनाएको छ । चितवनमा माधव नेपाल नेतृत्वकाे नेकपा एस निकटकाे मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष चक्र रूचालसहितका २५ जनाभन्दा बढि नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । एमाले जिल्ला पार्टी कार्यलय भरतपुरमा आयाेजित एक कार्यक्रममा रूचालसहितका समाजवादीका नेता कार्यकर्तालाई एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य यमबहादुर परियार, सांसद कृष्णभक्त पाेखरेल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेसहितका नेताहरूले स्वागतकाे एमाले जिल्ला पार्टी कार्यालय चितवनले जनाएको छ।…

Read More

श्रीखबर कार्तिक ७ चितवन/ प्रेस चाैतारी नेपाल चितवनले आफ्नै जमिनमा भवन निर्माण गरि देशभर मै भवन बनाउने कार्यकाे अभियनमा सरिक हुने भएकाे छ । दाता केशव कार्की द्वारा प्राप्त प्रेस चाैतारीकाे भरतपुर ११ बसेनी स्थित जग्गामा सुबिधा सम्पन्न भवन निर्माणकाे थालनी अघिबढेकाे चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए । सँस्थाकाे भवन निर्माण गर्ने उद्धेश्यले भरतपुर स्थित क्यान्सर अस्पताल काे सभा हलमा गएकाे ४ गते टिकट बिक्री मा आधारित बृहत् ” चाैतारी साँझ ” सम्पन्न गरि आर्थिक सँकलनकाे अभियान शुरु गरेकाे प्रेस चाैतारी चितवनले निर्माण गर्ने भवन चाैतारीकाे नेपाल कै पहिलाे भवन हुने प्रेस चाैतारी नेपाल चितवनका केन्द्रीय अध्यक्ष गणेश…

Read More

श्रीखबर कार्तिक ६ चितवन / वरिष्ठ दानवीर तथा राजनीतिज्ञ मैयादेवी श्रेष्ठकाे भाैतिक शरीरले विदा लिएको छ । केही समयदेखि निमाेनियाबाट ग्रसित वहाँकाे ९५ वर्षको उमेरमा कार्तिक ६ गते निधन भएकाे हाे । १९८५ असाेज ५ गते तनहुँकाे बन्दिपुरमा जन्मनुभएकी मैयादेवी श्रेष्ठ २०४८ काे निर्वाचनमा गाेरखाबाट निर्वाचित हुनुभएको थियाे भने लगातार १२ वर्ष मनाेनित भै सभासद रहनुभएकाे थियाे । नेपाल आमाबाट सम्मानित सहित थुप्रैपटक सम्मानित भैसक्नु भएकी वरिष्ठ दाता श्रेष्ठ चितवन स्थित मैयादेवी कलेज , बालकुमारी स्कुल तथा कन्या कलेजकाे सस्थापक लगाएत सैयाैँ सँघसस्थाकाे सस्थापक तथा वरिष्ठ चन्दादाता तथा सहयाेगी रहनुभएकाेछ । वहाँकाे निधनमा नेपाली काङ्ग्रेस चितवनले आफ्ना सबै कार्यक्रम आजका…

Read More

श्रीखबर आशिष आचार्य कार्तिक २ बागमती प्रदेश / गएको स्थानीय चुनावमा उम्मेदवार भै निर्वाचन आयाेगमा खर्च सहितको विवरण नबुझाएका तर मङ्सिर काे प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवारी दिएका मध्य १सय १२ जनाले निर्वाचन आयाेगमा जरिवाना बुझाएका छन् । असाेज ३० गते प्रेस विज्ञप्ति जारी गरि आयाेगले कार्तिक ५ गते भित्र जरिवाना सहितको विवरण आयाेगमा नबुझाएमा समानुपातिक तर्फका उम्मेदवारकाे याेग्यता नपुग्ने भन्दै नामावली काे लिस्टबाट नाम हटाईने जानकारी गराए पछि हिजाे कात्तिक १ गते सम्ममा १ सय १२ उम्मेदवार ले जरिवाना सहितको विवरण बुझाएको निर्वाचन आयाेयले जनाएको छ । जरिवाना रकम १ लाख ५० हजार देखि ७ लाख ५० हजार सम्म…

Read More

श्रीखबर आशिष आचार्य असाेज ३१, काठमाडौ / २०७९काे स्थानीय चुनावमा उम्मेदवार भई निर्वाचन आयाेगमा खर्च सहितको विवरण ताेकिएकाे समयावधिमा नबुझाएका प्रदेश तथा प्रतिनिधि सभाका लागि नाम सिफारिस भै आएका उम्मेदवारहरुलाई निर्वाचन आयाेगले कार्वाही गर्नेभएकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेल द्वारा हस्ताक्षरित विज्ञप्त प्रकाशन गरि आयाेगले सम्बन्धि पक्षकाे असाेज ३० गते ध्यानाकर्षण गराएकाे हाे । बन्द सुचिका नाम समावेश भएका तर गत स्थानीय तहमा उम्मेदवारी भै समयमै खर्च विवरण नवुझाएका उम्मेदवार हरुले यहि कार्तिक ५गते भित्र खर्च वुझाउनुपर्ने छ। यदि समयसिमा भित्र बिबरण सहित जरिवाना नबुझाउने समानुपातिक उम्मेदवारकाे हकमा याेग्यता माथि प्रश्न खडा भै सुचीबाट नामावली हटाउन प्रक्रिया अघिबढाईने…

Read More