कमाउनै का लागि नेपालीलाई भुटानी सरणार्थी बनाउने कर्ममा लागेकाे आराेपमा परेका छन् केही । अझै थपिदै जानुपर्नेमा जनताकाे चासाे बढेकाे छ।नेता र कर्मचारी काे भ्रष्टाचारी चरित्रको कारण देश कँगाल हुदैछ भन्ने जनताको बुझाई रहेकाे छ।

कुनै जमाना थियाे राजतन्त्र रुपि सेताे हात्ती पाल्नुपरेकाे कारण देश गरिव भयाे भन्ने । अहिले सडकछापबाट नेता बनेर बाैधेकाे चप्पल पढ्काउँदै सहर छिरेकाहरुकाे अरवाैँकाे रवाफ विना भ्रष्टाचार र नेताकाे आशिर्वाद बेगर भएकै छैन भन्नेमा जनता पुगेकाे छ।

जति नेताहरु झुटकाे नजिकबाट गफिएकाे आवास हुँदैछ त्याति नै जनता भने सत्यता तिर लम्केकाे महसुस गर्दै छ। । न्यायले के भन्छ त्याे पछिका कुरा । विधि र प्रकृयाका कुरा । तर सामाजिक परिवर्तन हुन विधि र प्रक्रियालाई समेत जनसमर्थनले प्रभाव पार्दछ । नेता तथा कर्मचारीहरुकाे भ्रष्टाचार माथिकाे सम्बन्ध र प्रभावलाई जुनसुकै निकाय चाहे कानुनी निकायले समेत हल्कापाराले सामान्यकरण गर्न नजर लगाउँदा समेत जनताको ठुलै खप्की खानुपर्ने देखिन्छ

।सामान्य नागरिकको बुझाईमा याे देशकाे बाधक भने कै माैजुदा नेतृत्व र यिनका ईसारामा चलाईएका कर्मचारी तन्त्र नै हुन् जहाँ तिनका स परिवारकाे मिलेमताे छ भन्ने बुझाईमा छन् जनता । तसर्थ माैजुदा पार्टीकाे अस्थित्व जगाईरहदा सबै नेताकाे आाैकात र अस्तित्व जाेगाएर मात्र सम्भव छ भन्ने ठानिएमा बाँस र बाँसुरी दुबै सकिन बेरछैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0