
जेष्ठ ४काठमाडौं
नक्कली शरणार्थी प्रकरणमा नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पनि समातिएका छन् ।मोवाइल नै स्विच अफ गरि बसेका मियाँ टोपबहादुर रायमाझी उर्जा मन्त्री हुँदा नक्कली भुटानी बनाएर अमेरिका पठाउने काममा विचौलियासँग सम्पर्कमा रहेको र बि एबि १४०५ नम्बरको सरकारी गाडी समेत दुरुपयोग भएको घटनामा अनुसन्धान गर्न उनी प्रहरी द्वारा समातिएका हुन्।
कलडिटेल सहितको प्रविधिले उनी सम्लग्न भएको आशंकामा उनलाई समातिएको प्रहरीले जनाएको छ ।प्रहरी परिसर टेकुमा लगिएका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न माग गर्दै आजै अदालत हाँजिर गराउने योजना रहेको प्रहरीले जनाएको छ।
नक्कली शरणार्थी प्रकरण अब बिस्तारै राष्ट्रियबाट अन्तर्राष्ट्रियकरण हुँदै गैरहेको र जनताले भ्रष्टाचारीहरु कार्वाही भएको हेर्नचाहेका छन्।यदि अनुसन्धानका क्रममा कुनै पनि कमीकमजोरी हुन पुगेमा जनताले मौजुदा राज्य सँचालक ,प्रशासक र मौजुदा प्रहरी प्रति नै नकारात्मक भावना पैदाहुने देखिन्छ
