२०७०बैशाख ३०

चितवन/माडी नगरपालिकाले स्नातकसम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएकाे छ । नगरपालिकाले बार्षिक कार्ययोजना नै बनाएर छाेरी पढाउने निर्णय गरेकाे मेयर ताराकुमारी काजी महताेले बताईन्।

Open photo

“हामी हाम्राे नगरपालिका भित्र दुईवटा छाेरी जन्माउनु भै अब सन्तान नजन्माउने प्रमाणका आधारमा छाेरी र छाेरी जन्माएर सन्तुष्टि लिनुहुने आमाबुबा समेतलाई उच्च सम्मान गर्दै वहाँकाे छाेरीहरुलाई स्नातक सम्म नगरपालिकाले नि:शुल्क अध्यापन गराउने जिम्मेवारी लिनपाएकाेमा हामीलाई गर्व लागेकाे छ।” मेयर काजीमहताेले भनिन् ।

Open photo

आफू अघिल्लो कार्यकालमा यहि नगरपालिकाकाे उपमेयर हुँदादेखि नै याे विषयलाई गम्भीरतापूर्वक उठाएकाे र २ वटा छाेरीछाेरी जन्मिए पछि छाेरा पाउने वा जे सुकै बहानामा अब अरु सन्तान नजन्माउने निर्णय गर्नुभएका परिवारकाे अभिभावकीय जिम्मा नगरपालिकाले लिई उक्त छाेरीहरुलाई सरकारी स्कुल कलेजमा स्नातकसम्म निःशुल्क शिक्षा प्रदान गर्नेछाैँ “चिताैन कचेहेरीले नारायणी कला मन्दिरमा आयाेजित ” घर गाउँकाे सिँहदरबार:कति विकास,कति शासन ” बहसमा उनले भनिन् । यहि बैशाख २९ र ३० गते चिताैन कचेहरीले नारायणी कला मन्दिरकाे सभाहलमा एक भव्य कार्यक्रमकाे सँयाेजन गरेकाे थियाे।

Open photo

बागमती प्रदेश मुख्य प्रवर्द्धक रहेकाे साे कार्यकाे चितवनका स्थानीय सरकारहरुकाे प्रवर्द्धनात्मक सहयाेग रहेकाे थियाे। युथ पाेलिटिकल फाेरम,डबली द स्पेस,दलित युवा जागरण मन्च,मन्थन र नारायणी कला मन्दिरकाे सँयुक्त रूपमा आयाेजना गरेकाे साे कार्यक्रमकाे सँयाेजन भने साहित्यकार तथा लेखक सरिता तिवारीले गर्नुभएको थियाे। कार्यक्रम मार्फत देश र समाजका विषयमा धेरै विषयमा वहस तथा प्रस्तुति प्रदर्शित भएकाे थियाे ।