
२०८०बैशाख २३
चितवन/विदेशबाट खुरुखुरु भित्रिएका कम्पनीहरुले खुबै प्रभाव पारेकाे थियाे कुनैबेला । नेटवर्किङ गरिरहेका एम ओई जस्ता चर्चित देखि टाउकाे गनेर वा पैसा लगाएर पैसा कमाउने सपना बाेकाएर छिरेका ती कम्पनीहरु कति नेटवर्क मार्केटिङका थिए त कति खुसपैठवाला।
नेपाल मै पनि देखासिकी गरेर माैजुदा कानुनकाे बाटाेहुदै नेटवर्क मार्केटिङ नामका कम्पनी जन्मिए पनि फाप्न भने सकेनन् ।राज्यले सबै नेटवर्किङ व्यवसायलाई प्रतिवन्ध लगाएपछि त झन् यसकाे महत्त्वकाे खाेजी शुरुहुन थाल्याे।जब सर्वाेच्च अदालतले सरकारका नाममा ९० दिनभित्र कानुन बनाएर प्रत्यक्ष बिक्री प्रणाली काे अबधारणालाई व्यवसायीक उद्योगकाे रुपमा सन्चालान तथा नियमन गर्नुगराउनु भनी आदेश जारी गर्याे त्यसै समय देखि नेपालकाे भूमिमा वस्तुकाे प्रत्येक्ष विक्री प्रणालीले बैधानिक मार्ग समातेको हाे भन्छन् शुभाष केसी।उनी माैरीजन्य खाध्य आहार र जडिबुटीमा आधारित उत्पादन गरि वस्तु प्रत्येक्ष विक्री गर्ने कम्पनि युटर्न ईन्टरनेशनल प्रा.लि.का प्रवन्ध निर्देशक हुन् ।
यसाे त ईन्जिनियरिङ पेशाबाट याे व्यवसायमा आएका उनी अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण कलामा समेत दख्खल राख्दछन् । उनी भन्छन् ” हामीले बजारमा ल्याएकाे माैरीजन्य तथा जडिबुटीजन्य खाध्य आहारकाे सेवनबाट व्यक्तिमा रहेकाे राेगप्रतिराेधी क्षमतमा वृद्धि गरि निराेगी त पार्छ नै त्याे सँगसँगै यसले ल्याएकाे व्यापार याेजनाका माध्यमबाट आर्थिक समृद्धि समेत सम्भव छ ।
” बैशाख २३ गते चितवन कृष्णपुर स्थित एक प्रशिक्षणात्म कार्यक्रम उनले भने ” हामी पुरातन व्यापार पद्धति प्रति सम्मान गर्दै उत्पादक देखि उपभोक्तासम्म आईपुग्दा वस्तुको मूल्यमा जे जति वृद्धि हुन गै उपभोक्ताकाे हातमा आएपुग्दासम्ममा तेव्वर भन्दा माथि मूल्य उक्लिन्छ त्यहि बढेकाे मूल्यलाई एउटा बैज्ञानिक विधिद्वारा उपभोक्तालाई नै कानुन सम्मत तरिकाले फिर्ता गर्दछाैँ । उसैवाट समृद्धिकाे बाटाेमा व्यक्तिलाई मात्र नभएर राष्ट्रलाई समेत सम्वृद्धकाे बाटाेमा दिशानिर्देश गर्दछौं ।
सँसारका सम्पन्न मुलुकमा धेरै पहिला देखिनै वस्तुकाे प्रत्यक्ष व्यापार पद्धति रहे पनि नेपालमा भने व्यवस्थापिका सँसदले २०७४ सालकाे असाेज २४ गते वस्तुकाे प्रत्येक्ष व्यापार व्यवस्थापन तथा नियमन ऐन २०७४ पारित गरि २०७६ चैत्र १२ गतेकाे मन्त्री परिषद बैठकले साेही ऐनकाे नियमावली २०७६ पारित गरि निर्देशिका २०७८ लागुगरि कानुनी विधि द्वारा नै स्वीकार गरेपछि यसै कानुनकाे प्रयाेग गरेर नेपाल मा हाल दर्जन भन्दा बढि वस्तुकाे प्रत्येक्ष विक्री प्रणाली का कम्पनीहरु खुलिसकेका छन्।
युटर्न ईन्टरनेशनल प्रा.लि. माैरीजन्य उत्पादनमा आधारित तथा जडिबुटीजन्य पाैष्टक आहार उत्पादन गर्ने एक कम्पनी हाे। यसै कम्पनीको सहायक विक्री कक्षकाे उद्घाटन कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक सहितकाे टिम भरतपुर ७ तेह्रसाल चाैकमा रहेकाे सव सिटी केन्द्रमा उपस्थित थिए ।साे सवसिटी सन्चालक रामबाबु रेग्मीका अनुसार साे कम्पनीको वस्तु उपलब्ध तथा अन्य सेवाहरु साे केन्द्रबाट उपलब्ध हुने छ ।
