Open photo

२०८०बैशाख २०

चितवन/आफ्नै अफिसमा झुन्डिएको अवस्थामा मृत फेला परेका व्यवसायी शँकर कँडेलकाे ८ पेज लामाे सुसाईट नाेट फेला परेपछि दुरुत्साहन अभियाेगमा किटानी जाहेर परेसँगै उनीहरु माथि पक्राउ पुर्जी जारी गरिएको छ।

परिवारले हिजै सन्जाल मार्फत कँडेलले आत्माहत्या गर्नुपर्नाकाे कारण अनमाेल फिडका ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कम्पनी कै लेखा कर्मचारी जीवन रावल हुन भनी किटानी जाहेरी परे पछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको चितवन प्रहरीले जनाएको छ।

Open photo

उद्योग सँघका पूर्व कार्यसमिति सदस्य समेत रहेका मृतक शँकर कँडेल उपर सत्यतथ्य छानबिन र दाेषी उपर कार्वाहीकाे माग रहित पेश गरिएकाे उद्योग वाणिज्य सँघ तथा उद्योग सँघ चितवनको ज्ञापनपत्र बुझ्दै प्रहरी प्रमुख रामेश्वर कार्कीले आराेपीहरुलाई पक्राउ पूर्जी जारी भैसकेको र देश भरका प्रहरी ईकाई तथा अपराध महाशाखा एवं अनुशन्धान निकायहरु परिचालन भैरकेकाे बताउनुभयो ।

सुसाईट नाेटमा अनमाेल फिड्सकाे बिक्री पछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएकाे उल्लेख भएको प्रहरीले जनाएको छ।५२ बर्षीय शँकर कँडेल चितवनको स्थापित व्यवसायी हुन् ।

Open photo