
२०८०बैशाख २०
चितवन/ रत्ननगर नगरपालिकाका युवाहरुका लागि नि:शुल्क विल्डिङ इलेक्ट्रिसियन तालिम सन्चालन हुने भएकाे छ।
रत्ननगर नगरपालिकाकाे आर्थिक सहयाेगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्रले सन्चालन गर्न लागेकाे उक्त तालिममा सहभागीहरुले दैनिक खाजाका लागि ७५ रुपैयाँ समेत उपलब्ध गराईने तालिमका काेओडिनेटर गाेबिन्द खनालले बताउनुभयो ।तालिम फिल्ड प्रयाेगात्मक सहित १० महिनाकाे हुनेछ। CTEVTबाट सीप परिक्षण गराई प्रमाणपत्र समेत प्रदान गरिने साे तालिममा विशेषगरी गरिव, सिमान्तकृत तथा बिदेशबाट फर्केर सीप सिकेर स्वराेजगार बन्न ईच्छुक १८ बर्ष देखि ४० बर्ष भित्रका युवाहरुलाई सहभागी गराईने काेओडिनेटर खनालले बताउनुभयो।
तालिम नेपाल नमूना मा.वि.काे हाताभित्र सन्चालन हुने छ भने ईच्छुक नेपाली युवाहरुले यहि बैशाख २८ गते भित्र कार्यक्रम काेओडिनेटर खनालसँग सम्पर्क गरि वा रत्ननगर नगरपालिकासँग सम्पर्क गरि फारम भर्न सकिने जनाईएकाे छ ।
