Open photo

२०८० बैशाख १२

चितवन/ जिल्ला प्रशासन चितवनले महत्त्वपूर्ण कामका लागि बिदाको दिन पनि कार्यालय खाेल्ने भएको छ।

आज एक सूचना प्रकाशन गर्दै प्रशासनले राहदानी ,नागरिकता तथा राष्ट्रिय परिचयपत्र जस्ता महत्त्वपूर्ण कार्यका लागि सार्वजनिक बिदाका दिन समेत कार्यालय खुला रहने जनाएको छ।

बर्षभर हुने सार्वजनिक बिदा मध्य १६ वटा सार्वजनिक बिदाका दिन अत्यावश्यक कामका लागि प्रशासन कार्यालय खुला रहने प्रशासन चितवनले जनाएको छ।