२०८०बैशाख १२

चितवन/तपाईंहरु जस्तो निष्ठावान अनुभवी नेता साथीहरूकाे साथ र सहयोगमा चितवन र सिङ्गो नेपालीको हितका लागि कर्मक्षेत्रमा लागिरहन मलाई प्रेरणा मिलिरहने छ।” आफ्ना चुनावी प्रतिस्पर्धी नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्याैपानेले हार्दिकताका साथ दिएकाे बधाई स्वीकार्दै भारी मतान्तरले उछिनिरहेका रास्वपाका अध्यक्ष समेत रहनुभएका चितवन २ बाट विजयी घाेषणा हुँदै गर्नुभएका रवि लामिछानेले भने ।

बधाई दिदै प्रतिस्पर्धी राम अधिकारीले भने ” चुनाव एउटा प्रकृया हाे , जित वा हार सबै कुरा हाेईन । हामी याे परिणामलाई सहर्ष स्वीकार्दै आगामी दिनमा पनि चितवनबासीका हक र सम्बृद्धिका लागि निरन्तर लागिरहनेछु ।

साे अवसरमा रविले भने आगामी दिनमा हामी आमनागरिकका हितमा एक भएर जानेछाैँ भन्दै चितवन सहित देशका आम नागरिकका पक्षमा कामगर्दा सबैकाे साथ   सहयोगकाे अपेक्षा व्यक्त गरे ।

तनहुँमा रास्वपाका स्वणिम वाग्ले भारीमतान्तरले विजयी भैसकेका छन् भने ।चितवन २ मा पनि अभुतपूर्व मतका साथ रवि बिजयी यात्रामा छन् ।