
२०८०बैशाख ४
चितवन/रवि लामिछानेका चालक भरतपुरकाे ११ नम्बर वडा स्थित ३ तले घरबाट खसेकाे अवस्थामा भेटिएका छन्।

खस्दा गमला माथि परि फुटेकाे गमला
उपनिर्वाचनका लागि चितवनको भरतपुर ११मा बस्दैआएका रास्वपाका अध्यक्ष तथा उम्मेदवार रविकाे चालकका रुपमा काम गर्दै आएका बाह्रबिसे ३,सिन्धुपाल्चोकका ३९ बर्षीय दिलबहादुर थापा आज विहान ४ बजे खस्दा उनकाे टाउकाे र खुट्टामा चाेटलागेकाे त्यहाँ उपस्थित प्रहरीले बताए।

चालक थापा खसेकाे घर
हिजाे दमाैलीबाट रवि लामिछानेलाई लिएर फर्किएका थापा ३ तला माथि महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै सुतेको श्राेतले बताएको छ ।”आजै बारा जाने कार्यक्रम रहेकाे थियाे “- श्राेतले भने । ४ बजे बिहानै कसरी थापा ३ तलाबाट खस्न पुगे याे भने प्रस्ट भैसकेको छैन। खस्दा भुईँमा रहेकाे गमलामा परि गमला समेत फुटेकाे छ।
घटनाका बारेमा प्रहरीले तयार पारेकाे विवरण मुचुल्कामा भरतपुर वडा नम्बर ११ का अध्यक्ष कमल मल्लले हस्ताक्षर गरेका छन् । विहानकाे ४ बजेतिर थापा ३ तलाबाट खसेको र उनलाई रवि लामिछानेको घर सुरक्षामा खटिएका प्रहरी र गेट शुरक्षाकर्मीकाे सहयाेगमा भरतपुर स्थित पुरानाे मेडिकल कलेजमा उपचारका लागि पुर्याईएकाे व्यहाेरा उल्लेख भएकाे जनाएको छ ।
चालक थापाकाे टाउकामा चाेट लागेकाे र आईसियूमा राखेर उपचार भैरहेकाे जनाएको छ । घटना किन र कसरी घट्याे अनुसन्धान कै क्रममा रहेकाे प्रहरीले जनाएको छ ।
