
२०७९चैत्र २९ चितवन/मतदानको समय नजिकिँदैजाँदा चितवनमा पनि चुनावी चटारो बढ्दाे छ । पार्टीहरु आ-आफ्नो पक्षमा मतदाता आकर्षित गर्नमा व्यस्त देखिन्छन् ।
चुनावी चटारो कै बिचमा नेकपा एमाले भरतपुर ११ले आकस्मिक रुपमा भेलाको आयाेजना गर्याे । आयाेजनाकाे मुख्य उद्देश्य भने नेकपा (एकीकृत समाजबादी) भरतपुर महानगरपालिका काे वडा नम्बर ११काे सिङ्गो वडा कमिटी नै आफ्नाे मातृपार्टी नेकपा एमालेमा सम्मानजनक समायोजनका लागि आयाेजित थियाे।
नेकपा एमालेका पाेलिटव्यूराे सदस्य गाेकुल बास्काेटा तथा केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञावली सहितका नेताहरुकाे उपस्थितिमा आयाेजित साे पार्टी समायोजन कार्यक्रममा बाेल्दै नेकपा ( एकीकृत समाजवादी ) का वडा नम्बर ११ का समायाेजित सदस्यहरुकाे प्रतिनिधित्व गर्दै हालसम्म उक्त पार्टीको वडा अध्यक्षकाे जिम्मेवारीमा रहेका तिलक अधिकारीले नेकपा (एस)मा कम्युनिस्ट चरित्र भन्दा नेपाली काङ्ग्रेसकाे फेराे समाउदै पदीय लाभ र फाईदाकाे लागि मात्रै अघिवढेकाे तथा एमाले भन्दा कुनै पनि नयाँ चेतना नभएकाे पाईएकाले आफुहरु मनमाेहन र मदन भण्डारीकाे आदर्शलाई आत्मसात गर्दै आफ्नै प्याराे माउपार्टीमा समाहित भएकाे घाेषणा गर्नुभयाे।
नेकपा एसमा रहदा जिल्ला नेता तथा वडा ईन्चार्ज समेत रहनुभएका डलेन्द्र अघिकारीले प्रेस विज्ञप्ति जारी गर्दै वडा कमिटीमा रहेका ३५ सै जना सदस्यहरु सम्मानजनक रुपमा एमालेमा समाहित भएकाे र,आगामी बैशाख १० गते चितवनकाे २ नम्बर क्षेत्रमा हुने निर्वाचन उम्मेदवार बन्नुभएका जिल्ला पार्टी अध्यक्ष रामप्रसाद अधिकारीलाई सुर्य चिन्हमा मतदान गरि विजयी बनाउने,कार्यमा जिम्मेवारीका साथ लाग्न समेत आवह्वान गरे ।
पार्टी समाहित सभामा बाेल्दै काङ्ग्रेसको पुच्छर समातेर अघि बढेकाे एस पार्टीलाई समयमै कम्युनिस्टकाे विखण्डनकारीकाे कित्तामा राखेर आफ्नै घर नेकपा एमालेमा पुनर्मिलन हुनुभएकाेमा पार्टी केन्द्रकाे तर्फबाट हार्दिक स्वागत छ भन्दै पाेलिटव्यूराे सदस्य गाेकुल वास्काेटाले सबै साथीहरूलाई बैशाख १० गते हुने उपनिर्वाचनमा एमालेकाे जित निकाल्ने गरि लाग्न निर्देशन दनुभएका थिए । समाहित हुने सवै साथीहरू लाई क्षमता अनुसारको जिम्मेवारी दिने भन्दै चितवन ईन्चार्ज देवी ज्ञावलीले अब एकडिक्का र एक मन भएर लाग्न आवह्वान गरे ।सभामा नेताहरु कृष्णभक्त पाेख्रेल,तेजेन्द खड्काका साथै उममेवार राम प्रसद न्याैपानेले आगामी चुनावमा सबै एकभएर जान सवै मा अनुराेध गरे ।
