
२०७९चैत्र २७
चितवन/कला , साहित्य सृजना र स्रस्टाहरुकाे अनुपम सँगम रहेकाे पल्लव साहित्य प्रतिस्ठानले भव्यरुपमा “पल्लव कुम्भ” सम्पन्न गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक डाक्टर माेहनप्रसाद तिमिल्सिनाकाे प्रमुख आतिथ्यतामा सम्पन उक्त साहित्य कुम्भ मेलामा प्राध्यापक लक्ष्मणप्रसाद गाैतम ,डाक्टर दामोदर पूडासैनी, तथा वरिष्ठ साहित्य साधक केशवराज आमाेदी,डि आर पाेख्रेल, गाेकर्ण मल्ल , गाेविन्दराज विनाेदीका साथै नेपाल लेखक सँघ माेरङका दिनेशराज सुवेदी,सप्तरङ्गी साहित्य समाज प्रदेश १ बाट डमरु वल्लभ ,लायन्स क्लव अफ वाङ्मयबाट निवर्तमान अध्यक्ष रामहरि शर्मा ,हाम्रो मझेरीबाट पुष्प अधिकारी काे उपस्थिति रहेकाे थियाे भने नुवाकोट साहित्य सङ्गमबाट शम्भु गजुरेल ,सदावहार साहित्य समाज कन्चनपुरबाट सचिन पुरीकाे उपस्थिति रहेकाे थियाे। यसै गरि उक्त वृहत् साहित्य सभामा गजल मन्च चितवनका लेखाराम सापकोटा ,अन्तर्राष्ट्रिय समाजबाट विष्णुप्रसाद घिमिरे का साथै आसामबाट देबीमायाँ सापकोटा सहितको विशिष्ट आतिथ्यता रहेको थियाे।
नेपाल र भारत लगाएत विभिन्न देशबाट उपस्थित वरिष्ठ साहित्य स्राष्टाहरुकाे उपस्थितिमा पल्लव साहित्य प्रतिष्ठान द्वारा आयाेजित उक्त भव्य साहित्य अनुरागी सभामा विभिन्न विधामा श्रष्टाहरु द्वारा श्रृजना गरिएका ९ वटा कृति समेत विमाेचन भएका थिए ।
उक्त कुम्भ मेलामा कवि तथा साहित्यकार गाेकर्ण मल्ल द्वारा रचित” सिउँडीकाे फूल” कविता,कवि हाेमनाथ घिमिरे काे छन्द कविता गाेरेटाे तथ/ जिन्दगीको तरँगहरु विमाेचित भए । यसैगरि कवि कल्पना अधिकारी भण्डारी काे मुक्तक ” परिकल्पना ” ,कवि विमल पाेख्रेल द्वारा रचिएको व्यथा र विमलता,उपन्यासकार चिरञ्जीवी दाहालकाे ग्रिष्मजा,आर सी अज्ञातकाे सन्ताप,विमल पाैडेलकाे “विपत्तिमा अल्झेकाे मुटु ” गजल विमाेचन गरिएको थियाे ।
उपस्थित साहित्यकार तथा स्रस्टाहरुमा छन्द कवि विधुर अधिकारीले लयवद्ध स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
सस्थाका अध्यक्ष गाेर्खे साईँलाे द्वारा तयार पारिएको राष्ट्रिय वहरमाला समेतको विमाेचन गरिएको उक्त सभामा उपस्थित हुनुहुने कवि तथा साहित्यकारहरुले रचना प्रस्तुत गरिएकाे थियाे ।
सभामा २०७९ काे चैत्र २६बाट लागु हुनेगरि साहित्यकार ऋषिप्रसाद लामिछानेलेकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएकाे थियाे ।जसमा उपाध्यक्ष नजातक हुसेन खाँ,द्वितीय उपाध्यक्षमा शाहित्यकार केशवराज आमाेदी,तृतीय उपाध्यक्षमा लीला राना, सचिवमा दीपेन्द्र कुमार जाेशी,काेषाध्यक्षमा मीनमायाँ लामिछाने निर्वाचित हुनुभएको छ भने सह-सचिवमा लाेकनाथ खराल,सदस्यहरुमा कमल अर्याल,कृष्णप्रसाद खनाल र हाेमनाथ घिमिरे निर्वाचित हुनुभएकाे छ ।यसैगरि ५ सदस्य सल्लाहकार समिति गठन भएकाेछ ।विराटनगरका परशु प्रधान ,काठमाडौंका प्रा. डाक्टर माेहन प्रसाद तिमिल्सिना ,प्रा.डाक्टर लक्ष्मी प्रसाद गाैतम,शँकर गिरी र युसुफदिन मियाँ ” पाल्पाली सल्लाहकार समितिमा रहनुभएकाे छ। सभामा ७ आमन्त्रित सदस्यीय समेत घाेषण गरिएको थियाे ।
सभामा पल्लव साहित्य प्रतिष्ठानले विभिन्न महत्त्वपूर्ण विधामा सम्मानित हुनुहुने स्रष्टालाई नगद सहित दाेसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियाे । पल्लव राष्ट्रिय पुरस्कार सहित विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुनेमा प्रा.डाक्टर लक्ष्मण प्रसाद गाैतम,डा. दामोदर पुडासैनी ,चुणामी नेपाल,कृष्णशरण पाैडेल,शिव त्रिपनठी,विमला पाैडेल , हाेमनाथ घिमिरे ,गाेकर्ण मल्ल र रुपा पुरस्कृत हुनुभएको अध्यक्ष ऋषि प्रसाद न्याैपानेले जानकारी दिनुभयाे ।
प्रतिष्ठानले हरेक बर्ष देश बिदेशबाट ठुलाे सँङ्ख्यामा बरिस्ठ साहित्यकार तथा अनुरागीहरुकाे उपस्थितिमा भव्य कवि गाेष्ठी सम्पन्न गरि विभिन्न प्रकारका राष्ट्रिय स्तरका पुरस्कार सहित सम्मान गरिदै आएकाे छ भने हरेक वर्ष सस्थाकाे विधान अनुरुप सदस्यता प्राप्तिका लागि माग भएका साहित्य अनुरागीहरुलाई सदस्यता समेत प्रदान गर्दै आईरहेकाे छ।
विदेश र नेपालका १५ जिल्लाबाट साहित्यकारहरुले प्रतिनिधित्व गर्दै पल्लव कुम्भ गएकाे शनिबार नवलपरासी स्थित नारायणी रिसोर्टमा सँस्थाका सँस्थापक तथा अध्यक्ष ऋषिप्रसाद लामिछाने ” गाेर्खे साईँलाे ” काे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
