
२०७९ चैत्र २२
चितवन/भ्रमणमा गएका खाेलेसिमल स्थित कालिका नगरपालिका ६ मनकामना दुग्ध उत्पादक सहकारीका टाेली सिक्किमको छिन्चुलेककाे हिमपहिरामा परेकाछन्।
कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीका अनुसार ७० जना लिएर २ वटा बस भ्रमणमा गएका थिए।भ्रमण टाेली करिव १२ बजे मँगलबार हिमपहिरामा परेकाे सहभागीले मेसेन्जरबाट बताएका छन्।

पहिरोमा परि उक्त सहकारीका कार्यसमिति सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकालको मृत्यु भएकाे छ भने १ दर्जनभन्दा बढि घाईते भएका छन् ।घाईते मध्ये६ जना अस्पताल भर्ना भएका छन् । भर्ना हुने मध्य३ जनाकाे अवस्था अलि गम्भीर रहेकाे सिक्किम स्थित अस्पतालले विज्ञप्ति द्वारा जनाएको छ ।
