
२०७९चैत्र १७
फलामेगेट मानिएकाे माध्यमिक शिक्षा परीक्षामा यसपाली २ हजार ३७ परीक्षा केन्द्रमा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीले परिक्षाका लागि फारम भरि परिक्षामा सामेल भए।७ हजार २ सय ६५ समुदायका र ४ हजार ५सय ६४ गरि कूल ११हजार ४ सय २९ विद्यालयका विद्यार्थीले आज बिहान ८ बजेबाट शुरुभएकाे एईईमा सामेल भए।
नेपाल बाहेक जापानमा समेत परीक्षा केन्द्र राखिएको छ भने विद्यार्थीले पढेकाे भन्दा फरक विद्यालयकाे केन्द्रबाट समेत परीक्षा दिनपाउने व्यवस्था रहेकाे छ ।
परिक्षा सन्चालन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परीक्षा सन्चालन सँयाेजक ताेकिएकाे वाेर्डले जनाएको छ। यस वर्ष १५ हजार भन्दा बढि विद्यार्थीले प्राविधिक धारबाट परिक्षामा सामेल भैरहेका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए । यस वर्ष जापानबाट १४ विद्यार्थी एस ई ई मा सामेल छन् /
