
२०८९चैत्र८
चितवन/आजैबाट शुरु भै चैत्र १६ गतेसम्म हुने रामनवमी लक्ष्यित नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञकाे भरतपुर महानगरका मेयर रेणु दाहालद्वारा भरतपुर ११ स्थित कमलादेवी परिसरमा दिप प्रज्जलन गर्दै शुभारम्भ भयाे ।
नाै दिनसम्म चल्ने साे महायज्ञकाे उद्घाटन गर्दै मेयर रेणु दाहालले भागवत लगाउनु मध्यकाे मुख्य उद्देश्य रहेकाे सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गर्ने कार्य भरतपुर महानगरपालिकाले निर्माण गरिदिने बताईन् ।
प्रमुख अतिथिको रुपमा मन्तव्यकाे क्रममा मेयर दाहालले भरतपुर महानगरले विकासकाे कामकाे साथसाथै धार्मिक सामाजिक सास्कृतिक महत्त्व काे विषय समेत आवस्यक पहल र सँरक्षण गर्दै समुन्नत समाजकाे निर्माणका लागि पहल गरिरहेका परिप्रेक्ष्यमा यस ठाउँमा क्रियापुत्रीका लागि सुविधा युक्त भवनको जुन लक्ष्य लिनुभएकाे छ त्यसकाे निर्माणको जिम्मा भरतपुर महानगरले लिने छ,महायज्ञकाे सफलताकाे कामना गर्दै मेयरले घाेषणा गरिन् ।
भागवतकाे आयाेजना मन्दिर परिसर भित्र १०८ शसवलिङ्ग स्थापना तथा कमलादेवी मन्दिर प्रकृितिक आराेग्य केन्द्रकाे विकास र विस्तार गर्नु रहेकाे महायज्ञ आयाेजक समितिले जनाएको छ ।
साे मन्दिर २०२१ साल देखि नै पूजनादी कर्मद्वारा सँरक्षण हुँदै आईरहेकाे छ भने काेविडकाे विगविगीका बखत यहाँ निर्माण गरिएका भवनलाई काेविड आईसाेलेसन भवनकाे समेत प्रयाेग गरिएको थियाे ।
