
२०७९ चैत्र ६ ,काठमाडौँ
रवि लामिछानेकाे नागरिकता प्रकरणले चितवनकाे २ नम्बर काे प्रतिनिधि सभा सदस्य खाली भएकै थियाे । रास्ट्रपति र उपराष्टपति मा निर्वाचित भए पछि रामचन्द्र पाैडेलकाे तनहुँ १ रामसहाय प्रसाद यादवकाे बाराकाे २ नम्बर क्षेत्र उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुने पक्का भयाे ।
ती स्थानहरुमा उपनिर्वाचन मार्फत पूर्तिगर्न निर्वाचन आयाेगले तालिका सार्वजनिक गरेकाे छ ।चैत ६ गते बसेकाे निर्वाचन आयाेगकाे बैठकले चितवनकाे निर्वाचन तालिका अनुसारै सबै स्थानमा निर्वाचन हुने जानकारी आज प्रेस विज्ञप्ति जारी गरि जानकारी गराएकाे हाे।
सँबिधानकाे धारा ६२काे उपधारा ६ र ७६काे उपधारा ३ले निर्देश गरे अनुरुप सँविधानकाे धारा ८० काे उपधारा ७लाई कार्यान्वयन गर्ने गरि निर्णय गरिएको आयाेगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४काे दफा ७ बमोजिम उक्त दुबै स्थानमा पनि निर्वाचन आयाेगले चितवनको २ मा सार्वजनिक गरेबमोजिम नै निर्वाचन प्रकृयाकाे तालिका बमोजिम हुने आयाेगले जनाएको छ।
निर्वाचन २०८०काे बैशाख १०गते आईतवार हुनेछ।
