
फागुन २९,चितवन
चितवन देशैभरका मानिसहरुकाे बसाइँसराइकाे राेजाईकाे हव बनेको छ। काेराेनाले थला नपार्दाेहाे त जिल्ला बाहिरका धेरैको घडेरी भनेपनि भैसक्थ्याे चितवनमा। त्यसै घरघरेडी किन्न भने मन लागेकाे हाेईन दुनियाँलाई। बिरामी भए ओखतीमुलाे गर्न गज्जव सुबिधा। बालबच्चालाई पढनपाठन गराउन पनि धेरैथरिका स्कुल कलेल। बाटाघाटा पनि बढेमाका अनि ससर पिचैपिच।पैसाभए घर बनाउन पनि सजिलाे । यस्साे पसिना बेचेकाे धनमा २/४लाख ऋणधन गरे फ्याट्ट प्लटिङका घडेरी।अनि ऋणै भएपनि सजिलै पाउने वित्तीय सँस्था।
यी सबै त्यसै फ्याट्ट छु मन्तरमा भने भएकाे हाेईन। राष्ट्रिय राजनीतिकाे भँडारेहरु आफ्नाे क्षेत्रकाे हुँदैमा तल काम गर्नेले गतिछाडे दिए के काम। साेह्र हजार चितवन आफैंमा महत्त्वपूर्ण थियाे , छ र त रापतीदुन देखि चितवनमा आगन्तुक थपिएको थपिएका छन्।गणतन्त्र आएपछि त झन् चितवन अझ भरतपुरकाे त क्याबात। घडेरी नपुगे पछि कतिखेत घडेरी भए कति।
चितवनेलाई अवसर नै भनाैँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्रकाे पदार्पणसँगै निरन्तर राज्यसत्ताको धुरीखाँबाेमा छन् भने २/२ पटक उनकै छाेरी त्यस माथि पनि अन्य पार्टीको समर्थनमा मेयरमा निर्वाचित। मेयर प्रचण्डको छाेरी भएकाले थप बल मिल्याेहाेला तर उनकाे राष्ट्रिय राजनीतिमा याेगदान रहेकाे बुझ्नेलाई हेक्का छ। उनी माओवादीकाे तर्फबाट सम्सद पुनर्बाहली हुदैमा साम्सदकाे रुपमा सम्सदमा मनाेनित थिईन्/ काठमाडौं कै प्रतिनिधित्व पनि गरेकाे अनुभवी पात्र हुन्। द्वन्द्वकालमा उनकाे पूर्णकालीन जिम्मेवारी समेत थियाे भनेर बताईन्छ।
भरतपुरले मापकीय पारामा तथ्यांकले बाेल्नेगरि समग्र रुपमा विकासको लय समातेको छ भन्ने प्रमाण भर्खरै गरिएकाे सर्वेक्षणले भरतपुर महानगरपालिका देशका ६ बटा महानगरपालिका मध्य हर हिसाबले सर्वाेत्कृष्ट नगरपालिकाकाे रुपमा छनाैटमा परेकाे थियाे। नगरपालिकाकाे आन्तरिक जनपरिचालन देखि विकास र सम्बृद्धिका प्यारामिटरमा देशकै उत्कृष्ट महानगरपालिका काे रुपमा दर्ज भएकाे थियाे। महानगरपालिका उत्कृष्ट भएपछि मेयरहरु मध्यकाे उत्कृष्ट मेयर भन्न कसैले मुख लुकाउनु पर्ने बिषय नै हाेईन।
भरतपुर ७ वटा स्थानीय निकाय मध्य खैरहनी नगरपालिका चितवनको आफ्नै माैलिक पहिचान भएकाे नगरपालिका हाे पूर्वीचितवनकाे राप्ती र रत्ननगर नगरपालिकाकाे बिचमा पर्ने खैरहनी नगरपालिकाले केही यता आर्थिक , सामाजिक बिकाश र सम्बृद्धिमा फड्को मार्दैगरेकाे केही समय गरिएको एक सर्वेक्षणले देखाउँदछ। सर्वेक्षणले तथ्यांक मै भनेकाेछ खैरहनी नगरपालिका नेपालका सबै नगरपालिकाहरु मध्य आर्थिक विकासकाे सूचकाङ्कमा उत्कृष्ट नगरपालिका मा दर्जभएकाे छ।
फागुन २९ गते सम्पन्न नेपाल नगरपालिका सँघकाे ३०अैाँ स्थापना दिवसको अवसरमा भरतपुर महानगरपालिकालाई शहरी पूर्वाधार याेजना , बिकास तथा विपद व्यवस्थापन बिधामा देशकै उत्कृष्ट ठहर गर्दै उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएकाे छ । स्थापना सभामा भरतपुरलाईप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उत्कृष्ट महानगर पुरस्कार – २०७९प्रदान गरिएको हाे।
यसै गरि आर्थिक बिकासमा देशकै उत्कृष्ट नगरपालिकाकाे रुपमा छनाैट भै आ व २०७८/७९मा स्थानीय आर्थिक विकास क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत चितवन कै खैरहनी नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका काे रुपमा पुरस्कृत गरिएकाे छ । प्रधानमन्त्री पुस्पकमल दाहालले खैरहनी प्रमुख शशीकुमार खनियालाई साे पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार ग्रहण गर्दै प्रमुख खनियाले खैरहनीबासी सबैलाई हार्दिक बधाई भने ।
