
फागुन २८, काठमाडौं
कला ,साहित्य र सृजना समाज र सँस्कृतिकाे प्रतिबिम्ब हाेे भने सर्जक र सृजनशीलता राष्ट्रकाे सम्पत्ति र माैलिक पहिचान हाे । कला,साहित्य र सृजनाले पनि समयमा आएको परिवर्तन र बदलावसँगै समाजकाे प्रतिनिधित्व गर्दै जानुपर्ने हुन्छ।सृजना व्यक्तिको माैलिक गुण भएपनि यसलाई परिस्कृत रुपमा समाजमा प्रस्तुत हुनका लागि विभिन्न बिधि र प्रकृयाहरुकाे खाँचाे पर्दछ।
कला,साहित्य र सृजना केवल समाजकाे लागि मात्र नभएर सामाजिक चेत र विकासमा पार्नसक्ने सकारात्मक सन्देश पनि हा्े।सृजनाकाे समाजमा जति आवस्यकता हुन्छ त्यो भन्दा बढी सर्जककाे सँरक्षण,सम्बर्द्धन र महत्त्वलाई स्थापित गर्नु रहन्छ
सृजनाले सर्जकलाई गरिखाने बाटाेबाट डाेर्याईराख्न जरुरी छ।आफुमा भएकाे माैलिक गुणलाई साधना र लगनकाे माध्यमबाट अब्बल सावित गर्दै दुनियाँका अगाडि प्रतिस्पर्धामा खारिनु अझ चानचुने विषय हुदै हाेईन।
विज्ञान र प्रविधिले गरेकोअकल्पनीय विकाससँगसँगै सृजना र सर्जककाे क्षेत्र समेत गाउँ समाज मात्र नभएर राष्ट्रसँगै विश्व बजारमा समेत प्रतिस्पर्धामा श्रेष्टता हासिल गर्नुपर्ने छ । अवसर , र चुनाैतिका साथै हरेक सफल साधककाे काँधमा जिम्मेवारी आईपरेकाे छ।समाजले दिएकाे जिम्मेवारी पूरागर्न सबैभन्दा पहिले श्रजकहरु सँगठित भएर मजबुदी प्रस्तुत गर्न आवस्यक छ।
यिनै मजबुती प्राप्त गर्ने दाैरानमा “राष्ट्रिय श्रष्टा तथा प्रस्ताेता प्रतिष्ठान ” गठन भएकाे छ।यसले यहि फागुन २७ गते शनिबारका दिन काठमाडौंमा आफ्नो पहिलाे साधारणसभा समेत सम्पन्न गरेकाे /

मुनाफा रहित साे सँस्थाले राष्ट्रिय स्तरका कला,साहित्य ,गीत ,सँगित,नृत्य ,शास्त्रीय सँगित,गायन,लाेक दाेहाेरीका साथै रँगमञ्च,नाटक,,अभिनय ,निर्देशन ,श्रव्यदृष्य,मूर्तिकला ,चित्रकला ,फाेटाेग्रफी,सुगम सँगित,प्रहसन ,लेखन,प्रशिक्षण ,फेसन,हास्यव्यङ्य लगायत विभित्र विषयका असल सर्जक,श्रष्टा र कुशल प्रस्ताेताहरुलाई सम्मानित गर्न पहल गर्दै उनीहरुको हक,हित र अधिकारकाे सँरक्षण,वृत्तिविकासका अवसरहरुकाे खाजी गर्दै पेशागत हक,हितकाे सँरक्षण,सम्वर्धन र प्रवर्द्धन गर्ने उद्धेश्य रहेकाे छ।
वरिष्ठ सँगित साधक तथा बरिस्ठ चिकित्सक डाक्टर भाेला रिजालले सँरक्षकत्व प्रदान गर्नुभएकाे साे प्रतिष्ठानकाे हालै सम्पन्न साधारणसभाले युवा सँगितकार राजेन्द्र बजगाईकाे अध्यक्षतामा २ वर्षका लागि कार्यसमिति चयन गरेकाे छ।
सम्पन्न उक्त भेलाले माेडल उषा उप्रेती उपाध्यक्ष रहनेगरि सँगितकार दिपक शर्मालाई महासचिवमा निर्वाचिच गरेकाे छ।गायिका सुजाता केसी सचिवमा त भने काेषाध्यक्षमा गायक नारायण बहादुर थापा निर्वाचित भएकाछन्।सदस्यहरुमा प्रतीक्षा काफ्ले ,वेनिश पाैडेल,सविन सुवेदी ,नवराज उप्रेती ,मनाेज परियार ,शितल लम्साल छन् भने उत्तम अधिकारी ,रिता केसी ,पुष्कर सुनुवार,भुवन नेपाली ,महेन्द्र चन्द,र भद्रबहादुर वली समेत सदस्यमा चुनिएका छन्।

खानेपानी मन्त्री अब्दुल खानले उद्घाटन गरिएकाे साे भेलामा पत्रकार बिष्णुप्रसाद सुवेदी सहित सँस्थालाई आर्थिक ,नैतिक भाैतिक रुपमा सहयाेग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियाे।सुवेदी उक्त प्रतिष्ठानका प्रेस सल्लाहकार समेत हुन्।
सभामा वरिष्ठ सँगित साधक डाक्टर भाेला रिजालले आफू याे सँस्थालाई उचित मार्ग निर्देश गर्न कै लागि सस्थाकाे सँरक्षकत्व ग्रहण गरेकाेले साधक र साधनाकाे सँरक्षण र वृत्तिविकासमा आफुले मार्गनिर्देश गर्ने बताएका थिए भने प्रमुख अतिथि मन्त्री खानले नेपाल सरकारबाट हुनसक्ने सहयाेगका लागि आफ्नो प्रतिबद्धता रहेकाे बताएका थिए।

नव निर्वाचित अध्यक्ष राजेन्द्र बजगाईँ ८ सय भन्दा बढी शुरमा सँगित भरिसकेका चर्चित युवा सँगितकार हुन्। अध्यक्षमा निर्वाचित भए पछि प्रतिक्रिया दिदै उनलेे भने ” हामी सर्जकहरुकाे सम्मान र सँरक्षणमा लाग्नुकाे साथै समग्र कलाकर्मी अग्रज तथा यस क्षेत्रमा आउन आतुर सँगित साधकहरुकाे सँरक्षणका लागि लागिरहने छाैँ ।” एक जिज्ञासामा उनले भने ” म मेरा अग्रज गुरुहरु प्रति हार्दिक आभारी छु र समग्र प्रतिष्ठानलाई अग्रजकाे सम्मान र युवा साधकहरुकाे सँरक्षण र विकासकाे पक्षमा कामगर्ने क्रममा अग्रजमका सुझाव र सल्लाहलाई मार्गनिर्देशनकाे रुपमा ग्रहण गर्नेछु/
