
फागुन २७ , काठमाडौ
चैत्र ५ गते हुने स्ववियु निर्वाचन विध्यार्थीका लागि महानिर्वाचन नै भएकाेले सबै विध्यार्थी सँगठन याे माैकालाई आफ्नाे पक्षमा पार्न हरसम्भव काेशिसमा छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आँगिक तर्फ उपत्यकाका २१ र बाहिरका ४० गरि कुल ६१ क्याम्पसका कूल १ लाख ६३हजार८सय विध्यार्थीहरु मतदानमा सरिक हुदैछन् । आज बिहान ११ बजे देखि २ बजेसम्म उम्मेदवारी दर्ता हुदैछ भने निर्वाचन चैत्र ५ गते बिहान८ बजे शुरु भै ४ बजेसम्म हुनेछ।
यसैगरि केन्द्रीय सहित १५ वटा कलेजमा समेत सुदुरपस्चिम विश्वविद्यालयमा समेत स्ववियु निर्वाचन हुदैछ।चैत्र ८ गते हुनगएको निर्वाचनका लागि २६ गते नै विध्यार्थी सँघ,सँगठनले नाम दर्ता गराईसकेका छन् ।प्रकाशित सुची अनुसार २८गते मतदाताको नाम प्रकाशन तथा दावी विराेध हुनेछ भने २९ गते अन्तिम नामावली प्रकाशित हुनेछ।चैत १ गते मनाेनयन भै सबै प्रकृया पुरागरि ३ गते अन्तिम नामावली प्रकाशन हुने छ भने चैत ८ गते सुदुरपस्चिम विश्वविद्यालयकाे स्ववियु निर्वाचन हुनेछ ।केन्द्रीय सहित १५ क्याम्पसका १७ हजार विध्यार्थी सहभागी हुने डिन कार्यालयले जनाएको छ ।
२०६६ सालमा स्थापित सुदुरपस्चिम विश्वविद्यालय भने पहिलोपटक स्ववियुकाे निर्वाचनमा जानलागेकाे हाे। यस वर्षवाट स्ववियु निर्वाचन पनि प्रत्यक्ष र समानुपातिक विधिबाट स्ववियु निर्वाचन हुदैछ ।सभापति ,सचिव र काेषाध्यक्षकाे निर्वाचन प्रत्येक्ष बिधपबाट हुदैछ भने उपसभापति , उपसचिव र सदस्यहरु भने समानुपातिक बिधिबाट चुनिनेछन् ।
