
फागुन २६,काठमाडौं
रामचन्द्र पाैडेलकाे पक्षमा रास्ट्रपतिकाे पासा पल्टिसकेकाे छ। अब दुनियाँकाे ध्यान उपराष्ट्रपतिकाे चुनाव तर्फ माेडिएकाे छ। निर्वाचित रास्ट्रपति पहाडी मुलका खस आर्य ब्राह्मण कुलका पुरुष हुन्।

सँबिधानकाे धारा ७०मा रास्ट्रपति र उपराष्टपतिकाे निर्वाचनको व्यवस्था गरेकाे छ। साे धारा अनुसार रास्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा फरक समुदायको प्रतिनिधितब हुनुपर्ने व्यवस्था गरेकाे छ। निर्वाचन सम्बन्धि ऐन २०७४काे दफा १६काे उपदफा ५मा ” उपराष्ट्रपति पदकाे लागि उम्मेदवारी मनाेनयन गर्दा रास्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ वा समुदायको हाे साे भन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनाेनयन गर्नुपर्दछ ” भनिएकाे छ ।

निर्वाचन कार्यालयले समेतकानुनले ताेकेकाे सर्तमा उपराष्ट्रपतिकाे निर्वाचन हुने भन्दै महिला उम्मेदवारीको आसय प्रकट गरेकाे छ ।यस अघि बिध्या भण्डारी महिला लिङ्ग काे थिईन् भने जनजाति समुदायका नन्दबहादुर पुरुष थिए ।
