
कृष्ण खनाल (राजनीति /सामाजिक व्यूराे)
नेपाली काङ्ग्रेसकाे राष्ट्रिय महाधिवेशनकाे दाैरानकाे अन्तिम चरणसम्म आईपुग्दासम्म रामचन्द्र पाैडेल नेपाली काङ्ग्रेसका माैजुदा पार्टी अध्यक्ष तथा तात्कालिक अध्यक्षका प्रतिस्पर्धी शेरवहादुर देउवालाई पार्टी अध्यक्षमा जिताउने कित्तामा सामेल भै परिणाममा पुर्याएका थिए। सतही चर्चा उतिबेलै थियाे कि रामचन्द्र ठुलै माैकाका लागि पर्खाईमा बचनबद्ध छन् ।
केपि ओली द्वारा बिघटित सम्सदलाई व्यूताएर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दर्ज गराउन समेत रामचन्द्र पाैडेलकाे निर्णायक हैँसे थियाे। सम्सद पुर्वाहलीका पक्षधरहरु द्वारा कार्यगत एकतामा प्रदेश र सँघिय चुनाव सँगै उभ्याउन समेत उनकाे पाैरखी लगन थियाे ।अझ भनाै रामचन्द्र गभ्भिर पर्खाईमा थिए।प्रधानमन्त्री समेत रहेका आफ्ना अध्यक्ष, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरूलाई लस्करै मन्चमा राखेर एकताकाे पक्षमा भाषणबाजि गरिरहे चुनावभर रामचन्द्रले । उनी गम्भीरताका साथराजनीति बागचालमा चल्दैथिए।जब बाघचालले चुनाव पछि लय समातेन उनी छटपटाउँन थाले।प्रधानमन्त्री छान्न प्रचण्ड र केपि ओली बीच नक्कली एकता भै प्रचण्ड प्रधानमन्त्री हुन सफल भए पछि भने रामचन्द्र पाैडेलकाे बाघचाल सँकटमा देखापर्याे।
शेरबहादुर देउवा र उनका बिश्वासपात्रलाई अब के गर्ने भन्ने भन्ने चेत नखुल्दै प्रचण्डको ईशारा पाईसकेका रामचन्द्र पाैडेलले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा बिश्वासकाे मत दिएर माैकाकाे पर्खाईमा बस्न पाट्रीलाई बाध्य पारे । सतप्रतिशतकाे नजिक धन्नै पुग्याे प्रचण्डकाे बिश्वासकाे प्रधानमन्त्री मत। एमाले पनि नक्कली एकता गरेरै भएपनि सभामुख हात पार्न र केहिदिनका लागि भएपनि प्रदेश र सँघिय मन्त्रीका झण्डा फहराउन सफल भयाे। सभामुख प्राप्ति पनि एमालेका लागि ठुलाे र कुटनैतिक जित भएरै छाड्याे जुन आकाशकै फल सरह बन्दैथियाे।
जतिसुकै ढाेक्सा ओलीले भने पनि ढाेक्सामा रास्ट्रपतिकाे माछाे परेरैछाड्याे रामचन्द्र पाैडेलका नाममा। निरन्तर शक्तिशाली बन्दैगरेका शरबहादुरसँग बुद्धिमतापूर्ण चालचलेका रामचन्द्र पाैडेल सहित पस्चिममा हालै मुख्यमन्त्रीकाे बिश्वास पाएकाहरुकाे सफलताले शेरबहादुरसँग लडेर हाेईन मिलेर गाेटी चाल्दा खास्सा हुदाेरहेछ भन्ने पुष्ट्याईँ गरिदियाे।समयलाई रामचन्द्रले आफ्नाे पक्षमा तब काेल्टेफेराउन सफल भए जब पुष्पकमल दाहाल प्रचण्डलाई एमालेसँग राजनीति बन्धन डाेरी चुडियाे।
प्रचण्ड सहित ८ पार्टीले रास्ट्रपतिमा जनताबाट प्राप्ति अधिकार मतकाे माध्यमबाट टकार्न राजीभए तब रामचन्द्रकाे १४ पटक प्रधानमन्त्री पदकाे असफल दाैड रास्ट्रपति बनेर ठडिन सम्भावना दरिन थाल्याे। ३३ हजार ८ सय २ मतभार सहित रास्ट्रपति चुनावमा नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,एकीकृत समाजवादी,जसपा,ए समाजबादी,रास्वपा,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमाेर्चा समेतकाे मत पाए समग्र राजनीति चाललाई शक्तिमा रुपान्तरण गर्दै रामचन्द्र पाैडेल नेपाली इतिहासमा जिन्दगीको उत्तरार्धमा सम्माननिय रास्ट्रपतिमा दर्जहुन सफल भए ।एमालेका शुवासचन्द्र नेम्वाङले पाएकाे १५ हजार ५ सय १८ मत थियाे ।
१४ओेेँ महाधिवेशनकाे दाैरानमा आफ्नाे पक्षमा पार्टी भित्र जनमत बन्नसकेन तब मङ्सिर २५ गते नै आफू सभापतिकाे प्रतिस्पर्धाबाट हटेका थिए रामचन्द्र पाैडेल। उतिबेलै शेरबहादुर देउवाले रामचन्द्र पाैडेललाई भनेका “रामचन्द्र जी तपाईंको स्वास्थ राम्रो राख्नुहाेस् राष्ट्रलाई तपाईंको खाँचाे छ ।” समयक्रमसँगै चाैँथाे कार्यकालको लागि तेस्रो रास्ट्रपतिका रुपमा रामचन्द्र पाैडेल फागुन २९ बाट जिम्मेवारीमा जादैछन् ।आजैबाट सभामुखले भेट्ने देखि पशुपतिनाथकाे दर्शनमा व्यस्त हुनथालेका छन् ।जिन्दगीमा सालिन नेताकाे रुपमा छवि बनाएका रामचन्द्र पाैडेलले रास्ट्रपतिमा छानिए लगतै बताउनुभएको बिधिकाे शासन कायमगर्ने प्रतिबद्धता प्रति आमनेपालीको भविष्य शुरक्षित हुनसकाेस् “हार्दिक शुभकामना “
