
फागुन २१,चितवन
एमालेका पाेलिटव्यूराे सदस्य गाेकुल बास्काेटा यतिखेर चितवनमा छन् । पार्टीको मिसन ग्रासरुट अभियानका लागि भरतपुर महानगर हेर्ने केन्द्रीय जिम्मा पाएका उनी केन्द्रीय सँयाेजनकाे भूमिकाका लागि चितवन आएका हुन्।
हिजाे उनी एमालेकाे नगर कमिटीले आयाेजना गरेको अभियानको शुभारम्भकाे अवसरमा आयाेजित बिस्तारित भेलामा सहभागी थिए।जब महानगर भित्र आफ्नाे पार्टीको सँगठित सदस्य सँख्या ८हजार भन्दा बढी रहेकाे बताईयाे तसै अनि एमालेले महानगरमा मत चै कति पायाे भनेपछि तैँ चुप मैँ चुप भएकाे श्राेतले बतायाे।
पार्टीको नीति ,शिद्धान्त र बिचार सहित जब निर्वाचनमा पार्टीको चुनाव चिन्हले निर्वाचन लड्छ त्यहाँ उम्मेदवार व्यक्तिको आफुसँगकाे सम्बन्ध र सामिप्यतासँग दाजेर मतदान गर्ने चिन्ह खाेज्न थालेपछि परिणाम के हुन्छ – उनले भने । चितवनका साथीहरूलाई पनि याे तरिका थाहा छ उनले भने ।मञ्च तिर फर्केर जब कमरेड गाेकुलले र्याखर्याख्ती पार्नथाल्नुभयाे मञ्चमा बस्नेहरु तैँचुप मैचुप भए तल बस्नेहरुले ताली ठाेके – एक सहभागीले भने ।
खसीको टाउको देखाएर कुनी के काे मासु बेच्ने स्थल भने पनि साथीहरूकाे फनफनीले शिद्ध गरिसकेको छ सबै पार्टी र समुहको ध्यान सँसद तिर छ। त्यसैले घात गर्नेलाई भन्दा निर्देशनमा चल्नेहरु र आफ्ना विचार ठाउँमा प्रष्ट राख्न सक्नेलाई थप्नुहाेस् – उनले भने।
छिट्टै हुन गैरहेकाे स्ववियु निर्वाचन पनि मिनि ईलेक्सन भएकाेले सबै क्षेत्रबाट स्ववियु केन्द्रीत अभियानमा लाग्न समेत कार्यकर्तालाई निर्देश गरेका थिए ।एमाले देशव्यापी पार्टी “शुदृढीकरण तथा बिस्तार ” अभियान अन्तर्गत चितवनमा समेत विभिन्न कमिटी र क्लस्टर बनाएर कार्यक्रम सन्चालनमा एमाले लागिरहेको बागमती प्रदेश कमिटीका सदस्य तेजेन्द्र बहादुर खड्काले बताए ।
भरतपुर महानगरलाई ४ क्लटरमा बाँडिएको र साे क्लस्टरहरुकाे सँयाेजन प्रदेश कमिटीका नेताहरुले गर्ने महानगर कमिटीले जनाएको छ । गाेकुल बास्काेटा मिसनकाे प्रमुख सहजकर्ताकाे रुपमा भरतपुर महानगरमा छन् भने उनले हिजै कालिका नगरका युवाहरुकाे भेलालाई पनि सम्बाेधन गरेका थिए ।
एमालेमा आस्था राख्ने केही मतदाताले गएकाे प्रदेश तथा प्रतिनिधि सभाकाे निर्वाचनमा आफ्नाे आस्थाको चुनाव चिन्ह भन्दा अर्कै चिन्हमा हात बढाएकाे तथ्यले देखाउँछ ।यिनै समस्याको समाधान खाेज्न पनि सुदृढीकरण मिसन सन्चालन गर्नुपरेको एमालेले जनाएको छ ।
