Open photo

२०८० मङ्सिर २८, बिहीबार

भरतपुर,चितवन। देश कै पहिलाे र सुविधायुक्त भवन निर्माण गर्ने चटाराेमा रहेकाे प्रेस चाैतारी चितवनकाे निर्माणाधिन भवनले याेजना अनुरुप पूर्णता पाउनेमा आफू विश्वस्त रहेकाे चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभएको छ।

सैयाैँ व्यक्ति तथा सँघसँस्थाले श्रमजीवी पत्रकारहरुकाे आस्थाकाे थलाे चाैतारी भवन निर्माणका लागि आर्थिक नैतिक तथा भाैतिक सहयाेग गरि सहयात्री बन्ने लहर चलेपछि साेचे अनुसार भवनले पूर्णता पाउने कुरा अब पक्का छ – अध्यक्ष पण्डितले भन्नुभयाे ।

“बृहत् साँस्कृतिक कार्यक्रम तथा देउसी भैलाेका साथै डकुमेन्ट्री समेत प्रदर्शन गरि केही रकम जम्मा गरेका थियौं जब समाजसेवी दाजु केशव कार्कीले भरतपुरकाे बसेनीमा करिव ६० लाख पर्ने जग्गा सहयाेग गर्नुभयाे तब ‘ चाैतारी भवन ‘ बनाउने हाम्राे सपनाले मुहुर्तरुप लिन थालेकाे  हाे “-  पण्डितले बताउनुभयो।

भलै प्रेस चाैतारी एउटा आस्था र विश्वासमा रहेका श्रमजीवी सँगठन हाे तर साथ र सहयाेगमा सवै आस्था र विश्वास भन्दा माथि उठेर विभिन्न व्यक्ति तथा सँघ सँस्थाले खुल्ला मन र भावनाले सहयाेग गर्नु हामी र हाम्राे समाजकाे सकरात्मक चेतका रुपमा आफू र आफ्नाे सँगठनले लिएकाे पण्डितले बताउनुभयो ।

कैयौं सिनियर तथा कृयाशील पत्रकार साथीहरू देखि समाजमा प्रतिष्ठावान व्यक्तिहरुले आफ्नाे दुः ख र खुशीका अवसर पारेर हामीलाई भवन निर्माण गर्ने पवित्र कर्ममा हात र साथ दिनुभएको छ । विदेशमा रहनुभएका कैयौं साथीहरूले आफ्नाे जन्मदिनको अवसरमा समेत हामीलाई सहयाेग गर्नुभएको छ ” सबै  व्यक्ति तथा निकायले पुर्याउनुभएकाे साथ र सहयाेगकाे  हेक्का राखेकै छाैँ र सबै प्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छाैँ –  पण्डितले भन्नुभएको छ।

भवन निर्माणकै लागि उद्योग बाणिज्य सँघ चितवनले हालै १ लाख रुपैयाँ सहयाेग गरेकाे छ भने आजमात्रै साे सँघका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले भवन निर्माणकै लागि ५० हजार ५ सय रुपैयाँ सहयाेग गर्नुभएको छ । सँघकै प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले २५ हजार ५ सय ५५ रुपैयाँ सहयाेग गर्नुभएको छ भने अर्का उपाध्यक्ष राजेन्द्र अेालीले समेत ३० हजार बराबरका प्लास्टिकका कुर्सी चाैतारी चितवनलाई प्रदान गर्ने घाेषण गर्नुभएको छ । चाैतारी चितवनकाे भवन निर्माण स्थलमै पुगेर सँघका पदाधिकारीहरुले सहयाेग रकम हस्तान्तरण गर्नुभएकाे थियाे । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासँघका सल्लाहकार तिलक रिमाल, प्रेस चाैतारी नेपाल केन्द्रीय निर्वाचन कमिटी उपाध्यक्ष नवराज ढकाल , प्रदेश कमिटी सदस्यहरु गाेविन्द घिमिरे , लक्ष्मण गाैतम लगायतकाे उपस्थित रहेकाे थियाे ।

भवनकाे दाेश्राे तलाकाे ढलान सकिएकाे छ भने पहिलो तलाकाे पिनिसिङ हुदैछ । ” चाैतारी भवन” काे पहिलो तलामा कार्यालय रहने छ भने दाेश्राेमा हल र तेश्राेमा आवासीय काेठा रहनेछन् ।भवनकाे लागत १ करोड ५० लाख अनुमान गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0