
२०८० कार्तिक २६ , आइतबार । नेकपा एमाले चितवनले शुभकामना आदानप्रदान गर्नुका साथै सस्कृति जाेगाउन भन्दै जिल्लाका विभित्र स्थानमा देउसी- भैलाेकाे कार्यक्रम सञ्चालन गरिरहेकाे छ । जिल्ला भित्र रहेका एमालेका नेता तथा कार्यकर्ताहरुकाे उपस्थित मा हिजाेबाट देउसी भैलाे खेल्न शुरुगरेकाे हाे ।
उद्योग वाणिाज्य सँघ चितवनकाे कार्यालय नारायणगढबाट शुरु गरिएकाे देउसी भैलाे कार्यक्रम नारायणगढ स्थित जेशिस भवन क्षेत्र मा समेत खेलिएकाे थियाे भने नेकपा एमाले भरतपुर ११ नम्वर वडाले आयाेजना गरेकाे शुभकामना सभा परिसरमा समेत देउसी खेलिरहेको जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्याैपानेले जानकारी दिए ।
हिजै भरतपुर १० स्थित ढुङ्गानाचाेक , गाैतम चाेक तथा क्यान्सर अस्पताल क्षेत्रमा देउसी खेलिरहेको जिल्ला पार्टि कार्यलयका सचिवले जानकारी दिए । एमालेले आज पनि जिल्लाका विभिन्न पालिका क्षेत्रमा देउसी खेलिरहेकाे जिल्जा सचिव प्रकाश खनाल ‘शैलेश’ले बताए ।
विहान करिव १२ वजे राप्तीकाे पिप्लेबाट शुरु गरिएको एमालेकाे देउसी कार्यक्रम भण्डारा, पर्सा बजारकाे चाैविसकाेठी हुँदै खुरखुरे क्षेत्रमा खेलिने याेजना रहेकाे जनाईएकाे छ भने एमाले चितवनले भाेली कार्तिक २७ गते साेमबार भने रत्ननगरकाे साैराहाचाेक,पिठुवाकाे दाेबाटाेक्षेत्र हुँदै कालिकाकाे पदमपुर ,जुटपानी , शक्तिखाेर क्षेत्रमा देउसी खेलिने तालिका तय भएकाे एमाले चितवनका उपाध्यक्ष कमल पाठकले जानकारी दिए ।
एमाले भरतपुर महानगरकाे ११ नम्बर वडा कमिटी द्वारा हिजाे आयाेजित पर्व विषेश शुभकामना आदानप्रदान कार्यक्रम तथा चियापान सभामा बाेल्दै एमालेका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज जे एन थापलियाले नेकपा एमालेले नायाँ पुस्तालाई आफ्नाे माैलिक कला सँस्कृति र पर्वहरुकाे महिमा र महत्व प्रति सचेत गराउँदै आपसी मित्रता कायम गर्न समेत शुभकामना आदानप्रदान तथा देउसी भैलाे काे आयाेजना गरेकाे र यस्ता माैलिक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । थपलिया एमाले बागमती प्रदेश का सम्सदीय दलका नेता हुन् ।
देसी भैलाे कार्यक्रममा भव्य रुपमा सााँस्कृतिक प्रस्तुति रहेकाे र साे प्रस्तुतिकाे सँयाेजन भने राष्ट्रिय जन सास्कृतिक महासँघ चितवनले गरेकाे महासँघ चितवनका अध्यक्ष केदार दवाडीले बताए ।
