हरि अधिकारी, पश्चिम नेपाल,बाँके
२०८१श्रावण ३१,बिहीबार
बाँके। खजुरा गाउँपालिका को मुख्य शहर खजुरा बजार पानी वर्षादकाे समयमा ढुवान भै अस्तव्यस्त क्षेत्र को रुपमा परिणत भएकाे छ।
नेपालगञ्ज–गुलरिया नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ खजुरा बजारस्थित पेडारी नालामा माथि निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित रहेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले कल्भर्ट निर्माणका लागि नक्सा र डिजाईन बनाई स्वीकृतिका लागि सडक विभागमा पेश गरेको ६ महिना पुगेपनि अहिलेसम्म ठेक्का आव्हान हुन सकेको छैन ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले विभागबाट स्वीकृत भई कार्यालयलाई ठेक्का आव्हान गर्न स्वकृति दिएमा एकबर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने बताउँछन् । भण्डारीले भने – ‘ सो स्थानमा चारलेन सडक भएकाले छिटो भन्दा छिटो काम सुरु गरि सम्पन्न गर्न कार्यालय तयारी अवस्थामा छ, तर विभागबाट स्वीकृत हुनुपर्ने हुन्छ ।’
खजुरामा ६ बर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भएपनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ । बाढीको समयमा पुलको दायँबायाँ पानी जमेर आवागमन पटक–पटक अवरुद्ध हुने गरेको छ ।
पेडारी नालामा नयाँ कल्भर्ट २२ मिटर चौडाई र ३३ मिटर लम्बाईको हुने प्रारम्भिक डिजाईनमा उल्लेख छ । चारलेन सडक भएकाले ११ मिटर चौडाई र ३३ मिटर लम्बाईका दुईवटा कल्भर्ट निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।
कल्भर्ट भएपनि चारलेनको मापदण्ड अनुसारका हुने र छिटो सम्पन्न हुने भएकाले कल्भर्ट निर्माण गर्न लागिएको प्रमुख भण्डारीले बताउनुभयो । करिब १४ करोड रुपियाँको लागतमा नयाँ आरसिसी कल्भर्ट हालको पुल भन्दा उचाईमा निर्माण गरिने कार्यालयले योजना बनाएको छ ।
खजुराका स्थानीय बासिन्दा समेत रहेका लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले पेडारी नालामा पुल निर्माणका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पहल भईरहेको बताउँछन् । ‘सङ्घीय सरकारको गौरवको आयोजना भएकाले बीचमा चारलेन पुल आवश्यक छ, तत्काल काम सुरु गराउन राजनीतिक तहबाट पहलकदमी भईरहेको छ – पेडारीले भने ।
नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगञ्जदेखि बर्दियाको गुलरीया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बग्ने गरेको बताए ।
पालिकाले पटक–पटक पहलकदमी गरेपनि हालसम्म पुल निर्माणको काम अघि बढ्न नसकेको उहाँकाे गुनासाे छ । बर्षातको समयमा बाँके, बर्दिया हुँदै शुदुरपस्चिमका हजारौं काे सँख्यामा चल्ने सवारि हजारौं बासिन्दाले दुःख पाउने भएकाले सङ्घ सरकारलाई तत्काल पुलको काम अघि बढाउन अध्यक्ष विकले माग समेत गरेकाे बताएका छन् ।
समयका काम नहुँदा सेवाग्राहीकाे जीवन भने कष्टपूर्ण बनेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1